श्राद्ध गर्ने खर्च विद्यालयलाई प्रदान

हेटौंडा, मकवानपुरका बरिष्ठ पत्रकार प्रताप विष्टले श्राद्ध गर्ने खर्च हेटौंडाको संस्कृत वेद विद्यालयलाई हस्तान्तरण गरेका छन् । बागमती प्रदेश पत्रकार महासंघका संस्थापक अध्यक्ष समेत रहेका विष्टले आफ्नो बुबाको छैटौ पुण्य तिथीमा (श्राद्ध) गर्ने खर्च हेटौंडा उपमहानगरपालिका वडा नम्बर–१० मा रहेको संस्कृत वेद बिद्यालयलाई सोमबार हस्तान्तरण गरेका हुन् ।

यस बिद्यालयमा अध्ययनरत बिद्यार्थीहरुलाई एक छाक खाना वापतको रकम ५ हजार ५ रुपैयाँ बिद्यालय व्यावस्थापन समितिका अध्यक्ष रामकृष्ण थापा र बिद्यार्थी समेतलाई हस्तान्तरण गर्नु भएको हो । पछील्लो समयमा हेटौंडाको संस्कृत वेद बिद्यालयमा व्यावस्थापन समिति परिवर्तन भएसंगै सुधारका धेरै कामहरु भएका छन् । ओझेलमा परेको यस बिद्यालयमा क्रमिक रुपमा सुधार हुँदै गएपछी यहाँका लागि आवस्यक बजेट समेत बिनियोजन गर्नका लागि वडा कार्यालय, हेटौंडा उपमहानगरपालिकाले चासो बढाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर

Back to top button