हेटौँडा, हेटौँडा–२ मा रहेको देवीपथ टोल विकास संस्थाको अध्यक्षमा मनमाया जिम्वा चयन भएकी छिन् । टोल विकास संस्थाको १३ औँ साधारणसभा तथा अधिवेशनबाट मनमायको अध्यक्षतामा नयाँ कार्यसमिति निर्माण भएको हो ।
संस्थाको उपाध्यक्षमा केशव प्रसाद अर्याल, सचिवमा सुमी श्रेष्ठ, सह–सचिवमा रविन श्रेष्ठ, कोषाध्यक्षमा धन लामा चयन भएका छन् । यसैगरी सदस्यमा दुर्गा कुँवर, रस्ता राजथाला, भोजकुमारी दाहाल र कृष्ण कली राजथाला चयन भएका छन् ।
हेटौँडा उपमहानगरपालिका २ नम्वर वडा अध्यक्ष विष्णु गोपाल महर्जन प्रमुख आतिथ्यमा भएको कार्यक्रममा नगर समन्वय समितिका सचिव चन्द्रावती पनेरु, २ नम्वर वडा समन्वय समितिका अध्यक्ष अन्जु अधिकारीलगायतको आतिथ्य रहेको थियो ।







