अमर विद्यालयमा छात्रवृत्ति अक्षय कोष स्थापना गरिने

हेटौंडा, हेटौंडा १ मा रहेको अमर माध्यमिक विद्यालयमा छात्रवृत्ति अक्षय कोष स्थापना गरिने भएको छ । विद्यालयमा अध्ययनरत विपन्न तथा जेहेन्दार बालबालिकालाई छात्रवृत्ति वितरण गर्ने उद्देश्यले छात्रवृत्ति अक्षय कोष स्थापना गर्न लागेको हो ।

ADVERTISEMENT

आइतबार विद्यालयकी प्रधानाध्यापक मालती उप्रेतीले अक्षय कोष स्थापना गर्नको लागि विद्यालय व्यवस्थापन समितिका अध्यक्ष उमाकान्त गौतमलाई नगद ११ हजार १११ रुपैयाँको चेक हस्तान्तरण गरेकी छिन् । विद्यालयकी प्रधानाध्यपक उप्रेतीले आफ्नो छोरा आदर्श विक्रम बर्तौलाको जन्मोत्सवको अवसरमा रकम हस्तान्तरण गरेकी हुन् ।

‘व्यक्तिगत तथा विभिन्न संघसंस्थाहरुको सहयोगमा हरेक वर्ष १५ देखि २० जना विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्दै आइरहेका छौँ ।’ प्रधानाध्यापक उप्रेतीले भन्नि –‘ विद्यालयमा अध्ययनरत विपन्न तथा जेहेन्दार बालबालिकालाई लक्षित गरी अक्षय कोष स्थापना गरी छात्रवृत्ति प्रदान गर्ने लक्ष्य लिएका छौँ ।’ छात्रवृत्ति अक्षय कोषले बालबालिकाको जीवनमा ठूलो भूमिका निर्वाह हुनेभएकोले गर्दा विद्यालयले स्थापना गर्न लागेको कोषमा सहयोग गरिदिन उनले आग्रह गरेकी छिन् ।

ADVERTISEMENT

कक्षा नर्सरी देखि १० कक्षा सम्म पढाइ हुने अमर माध्यमिक विद्यालयमा ६ सय ४८ जना विद्यार्थी अध्ययनरत रहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *