हेटौँडा, मकवानपुरको बकैया गाउँपालिकाले भीमफेदी कारागारका कैदीबन्दीहरुलाई दसैँ मनाउन सहयोग प्रदान गरेको छ । बकैया गाउँपालिकाका अध्यक्ष धर्मराज लामिछानेसहितको टोली कारागार पुगेर कैदीबन्दीलाई दसैँ मनाउनका लागि शुक्रबार ५० हजार रुपियाँ नगद सहयोग प्रदान गर्नुभएको हो ।
सहयोग हस्तान्तरणका क्रममा गाउँपालिका वडा नं। ४ का वडाध्यक्ष राजन दङ्गाल, नेपाली कांग्रेस मकवानपुरका पूर्व सभापति रघुरमण न्यौपानेसहितको उपस्थिति रहेको थियो । पालिका अध्यक्ष लामिछानेले कैदीबन्दीहरुलाई दसैँ एक आपसमा शुभकामना आदान प्रदान गर्दै खुशीयालीपूर्वक मनाउन सहज होस् भनेर सहयोग प्रदान गरेको जानकारी दिनुभयो ।
यस्तै राक्सिराङ गाउँपालिकाले खशी र खाद्यान्न उपलब्ध गराएको छ । यसअघि कैलाश गाउँपालिकाले पनि कारागारका कैदीबन्दीलाई दसैँका लागि खशी र खाद्यान्न प्रदान गरेको थियो ।







