हेटौँडा, हेटौंडामा १९ वर्षीया किशोरीमाथि जबरजस्ती करणी गरेको आरोपमा एक चिकित्सक पक्राउ परेका छन्। पक्राउ पर्नेमा हेटौंडा अस्पतालमा कार्यरत ३१ वर्षीय प्रियम यादव रहेका छन्। सप्तरीको विष्णुपुरका यादव हाल हेटौंडा पशुपतिनगर नजिक डेरा गरी बस्दै आएका थिए।
पीडितले घटनाबारे मंसिर ६ गते साँझ ७स्५५ बजे जिल्ला प्रहरी कार्यालय मकवानपुरमा जानकारी गराएपछि सोही राति यादवलाई हेटौंडा अस्पतालबाट नियन्त्रणमा लिइएको हो। प्रहरीका अनुसार घटनाबारे आवश्यक अनुसन्धान भइरहेको छ।
प्रारम्भिक अनुसन्धानका क्रममा पीडित र आरोपितबीच करिब एक महिनादेखि चिनजान तथा निकट सम्बन्ध रहेको खुलेको प्रहरीले जनाएको छ।







