रनिङ शिल्ड भलिबलको उपाधी आमभन्ज्याङलाई

थाहा नगरपालिकामा भएको पाचौं विनयबाबु स्मृति जिल्ला स्तरीय रनिङ शिल्डको उपाधी साविक बिजेता आमभन्ज्याङ युवा क्लवले जितेको छ। मंगलबार भएको फाइनल खेलमा आयोजक विनयबाबु स्मृति प्रतिस्ठानलाई हराउदै आमभन्ज्याङले दोस्रो पटक रनिङ शिल्ड आफ्नो कव्जामा पारेको हो।

ADVERTISEMENT

प्रथम भएसंगै विजेता आमभन्ज्याङले नगद ५१ हजार ५१ रुपैया नगदका साथै शिल्ड,मेडल तथा प्रमाणपत्र हात पारे भने दोश्रो स्थानमा चित्त बुझाएको आयोजक विनयबाबुले २६ हजार २६ रुपैयाँ नगद सहित शिल्ड,मेडल तथा प्रमाणपत्र प्राप्त गरेको छ। प्रतियोगितामा डि वाइ सि रुप्से तथा आग्रा स्पोर्ट्सले सान्त्वना पुरस्कार हात पारे।प्रतियोगितामा आग्रा स्पोर्ट्सका पुजन गुरुङ उदयिमान खेलाडी हुन सफल भए ।

त्यसैगरी बेस्ट ब्लकर विनयबाबु स्मृतिका राजाराम स्याङ्तान,बेस्ट डिफेन्डर आमभन्ज्याङ्का बुद्धिकृष्ण दंगाल, बेस्ट सेटर आमभन्ज्याङका अजय माझी भएभने बेस्ट स्पाइकर विनयबाबुको सबिन कार्की हुँदा प्रतियोगिताको उत्कृष्ट खेलाडी आमभन्ज्याङका आशिष घलान घोषित भए। प्रतियोगितामा बेस्ट कोचको उपाधिपनी आमभन्ज्याङका वीर बहादुर लामा हुन सफल रहे ।

बिजयी तथा उत्कृष्ट खेलाडीहरुलाइ प्रमुख अतिथी थाहा नगरपालिकाका प्रमुख बिष्णु बिष्टले पुरस्कार प्रदान गरेका थिए । प्रतियोगिता संचालन गर्न आर्थिक सहयोग गर्ने दाताहरुलाई समेत कदरपत्र द्वारा सम्मान गरिएको प्रतियोगिताको समापन समारोहमा नगरका राजनैतिक दलहरुका प्रतिनिधि,वडा अध्यक्ष हरु,लगायतका उपस्थिति रहेको थियो। समारोह प्रतिस्ठानका अध्यक्ष शंकर कार्कीको अध्यक्षतामा भएको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सत्मार्ग अनलाइन डिजिटल पत्रिका

तपाईँको सूचना र विचारको भरोसायोग्य डिजिटल स्रोत। राष्ट्रिय, अन्तर्राष्ट्रिय, प्रविधि, मनोरञ्जन, शिक्षा, खेलकुद लगायतका विषयमा सत्य, तथ्य र निष्पक्ष समाचार तपाईँमाझ पुर्‍याउने हाम्रो प्रयास।

हाम्रो बारेमा

सत्मार्ग मिडिया प्रा.लि. द्वारा सञ्चालित सत्मार्ग अनलाइन

कम्पनी दर्ता: २९५१७४/०७९/८०
सञ्चार रजिष्ट्रार: ००१३९/०७९/०८०
विभाग दर्ता: ३६७२–२०७९/८०

फेसबुकमा जोडिनुहोस्

© 2026 Satmargaonline.com — All Rights Reserved
Designed by Jivan Acharya