अक्षयकोष स्थापनार्थ फागुन १ गतेबाट श्रीमद्भागवत् सप्ताह

हेटौंडा–५ स्थित ‘हाम्रो घर’ बालगृहको दीगोपनका लागि अक्षयकोष स्थापनार्थ श्रीमद्भागवत् सप्ताह ज्ञानमहायज्ञ हुने भएको छ । ग्रामीण जीवनस्तर सुधार मञ्च मकवानपुरको आयोजनामा ‘हाम्रो घर’ बालगृहका लागि अक्षयकोष स्थापनार्थ फागुन १ गतेदेखि ९ गतेसम्म श्रीमद्भागवत् सप्ताह ज्ञानमहायज्ञ धार्मिक महोत्सव हुने शुक्रबार पत्रकार सम्मेलन गरी संस्था अध्यक्ष इन्दिरा न्यौपानेले जानकारी दिइन् ।

ADVERTISEMENT

२०६५ सालमा न्यौपानेले ८ बालबालिका राखेर आफ्‌नै घरबाट सुरु गरी ५ वर्षपछि बालगृहको आफ्‌नै भवन बाट सेवा सुरु गरिएको उनले बताइन् । पछिल्लो समय बालगृहमा रहेका बालबालिकालाई आर्थिक मन्दीका कारण समस्या हुने अवस्था आएपछि दीगोपनका लागि सप्ताह ज्ञानमहायज्ञ गर्न लागिएको उनको भनाइ छ ।

महायज्ञ धार्मिक महोत्सव फागुन १ गते विहान ८ बजे गोरक्षेश्वर मन्दिर (राप्तीतट) बाट कलशयात्रापछि उद्घाटन गरिने छ । ‘हाम्रो घर’ बालगृहमा १० बालिकासहित २७ जनाले आश्रय लिइरहेका छन् ।

पत्रकार सम्मेलनमा सप्ताह कार्यक्रमको संयोजक मेनका श्रेष्ठ, सचीव टीका कुमारी पराजुली,कोषाध्यक्ष गिता गौतम, उपाध्यक्ष देवकुमारी चापागाईं, सदस्य राधा अधिकारीको उपस्थिति थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सत्मार्ग अनलाइन डिजिटल पत्रिका

तपाईँको सूचना र विचारको भरोसायोग्य डिजिटल स्रोत। राष्ट्रिय, अन्तर्राष्ट्रिय, प्रविधि, मनोरञ्जन, शिक्षा, खेलकुद लगायतका विषयमा सत्य, तथ्य र निष्पक्ष समाचार तपाईँमाझ पुर्‍याउने हाम्रो प्रयास।

हाम्रो बारेमा

सत्मार्ग मिडिया प्रा.लि. द्वारा सञ्चालित सत्मार्ग अनलाइन

कम्पनी दर्ता: २९५१७४/०७९/८०
सञ्चार रजिष्ट्रार: ००१३९/०७९/०८०
विभाग दर्ता: ३६७२–२०७९/८०

फेसबुकमा जोडिनुहोस्

© 2026 Satmargaonline.com — All Rights Reserved
Designed by Jivan Acharya