स्कूल लिडर्स विन्टर समिट हेटौँडामा हुँदै

हेटौँडा, काठमाडौँ विश्वविद्यालय स्कूल अफ एजुकेशनको आयोजनामा यही पुस ५ गते हेटौँडामा स्कूल लिडर्स विन्टर समिट २०२५ आयोजना हुने भएको छ।

ADVERTISEMENT

समिटमा कक्षाकोठाको प्रभावकारी नेतृत्वसम्बन्धी प्रमुख प्रस्तुति, प्यानल छलफल तथा कार्यशालाहरू सञ्चालन गरिने आयोजकले जनाएको छ। कार्यक्रम एमएड लिडरसिप एण्ड म्यानेजमेन्टको व्यवस्थापनमा, प्याव्सन मकवानपुर, नवोदय शिशु सदन अङ्ग्रेजी माध्यमिक विद्यालय, शिक्षा विकास तथा समन्वय इकाइ मकवानपुर तथा सनराइज इङ्लिस सेकेण्डरी माध्यमिक विद्यालयको समन्वयमा हुन लागेको हो।

हेटौँडा–४ स्थित नवोदय शिशु सदन अङ्ग्रेजी माध्यमिक विद्यालयमा आयोजना हुने समिटमा मकवानपुर जिल्लाका सबै आधारभूत तथा माध्यमिक विद्यालयका प्रधानाध्यापक, सहायक प्रधानाध्यापक तथा संयोजकहरूलाई सहभागी हुन आह्वान गरिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *