नवोदयमा शिक्षक तथा कर्मचारीको पुस्तक परिचर्चा

हेटौंडा, हेटौंडा–४ स्थित नवोदय शिशु सदन अङ्ग्रेजी माध्यमिक विद्यालयमा आबद्ध शिक्षक तथा कर्मचारीलाई लक्षित गरी पुस्तक परिचर्चा कार्यक्रम आयोजना गरिएको छ। पठन संस्कृतिको प्रवर्द्धन गर्ने उद्देश्यले शुक्रबार नवोदय पुस्तकालयको आयोजनामा पुस्तक परिचर्चा कार्यक्रम भएको हो।

ADVERTISEMENT

कार्यक्रममा शिक्षक तथा कर्मचारी गरी १२ जनाले आफूले अध्ययन गरेका पुस्तकहरूको परिचर्चा गर्नु भएको थियो। सहभागीहरूले पुस्तकको मुख्य विषयवस्तु, सन्देश र व्यक्तिगत प्रभावबारे संक्षिप्त रूपमा विचार राख्दै अरूलाई पनि पुस्तक पढ्न प्रेरणा प्रदान गर्नु भएको थियो । शिक्षक तथा कर्मचारीमा नियमित अध्ययनको प्रवृत्ति विकास गर्न सहयोग पुग्ने हेतुले कार्यक्रम आयोजना गरिएको नवोदय पुस्तकालय विभाग प्रमुख अन्जिता मिश्रले बताउनु भयो ।

विद्यालयले प्रत्येक वर्ष तीन वटा पुस्तक परिचर्चा कार्यक्रम आयोजना गर्ने योजना रहेको छ। जसमध्ये यो २०८२ सालको दोस्रो पुस्तक परिचर्चा कार्यक्रम रहेको उहाँको भनाइ रहेको थियो । कार्यक्रममा सहभागिता जनाउनु भएका शिक्षक तथा कर्मचारीलाई विद्यालयका सहायक प्रधानाध्यापक सचिता पाण्डे, शौक्षिक प्रमुख मन्चन तिवारी, तालिम विभाग प्रमुख हर्क बहादुर कार्कीले प्रमाणपत्र प्रदान गर्नु भएको थियो ।

Advertisement 5

Leave a Reply

Your email address will not be published. Required fields are marked *