कैलाशमा पूर्णखोप सुनिश्चिताको घोषणाको तयारी

कैलाश, मकवानपुरको कैलाश गाउँपालिकाका वडा तहमा रहेका स्वास्थ्य संस्थाहरुले पूर्ण खोप सुनिश्चिताको घोषणाको तयारी थालेका छन् । विहीबार भएको पालिका स्तरीय खोप समीक्षा कार्यक्रममा बैशाख ३० गते भित्र १० वटै स्वास्थ्य संस्थाले वडालाई पूर्णखोप सुनिश्चिता घोषणाको तयारी गरेका छन् ।

ADVERTISEMENT

गाउँपालिका अध्यक्ष लोकबहादुर मुक्तानको अध्यक्षमा भएको समीक्षा कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष मुक्ताले विगतको वर्ष भन्दा गतवर्षबाट गाउँपालिकाका स्वास्थ्यका सूचकहरु पूरा हुँदै आइरहेको बताए । वडा तहमा रहने स्वास्थ्यकर्मी, महिला स्वंयसेविकाहरुको अथक मेहनतले स्वास्थ्य क्षेत्रमा फड्को मार्दै आइरहेको बताए ।

हामीमा होम डेलिभरीको संख्या बढ्दो, उनीहरुलाई सुरक्षित स्वास्थ्य संस्थामा नै डेलिभरीको वातावरण सिर्जना गर्न निर्देश गर्दै जन्मेको दिन देखी पाँचवर्ष पुरा रहुन्जेल लगाईने खोपको मात्रा पुरा भएकै कारण खोप सुनिश्चिता घोषणाको तयारी गरिन लागिएको अध्यक्ष मुक्तानले बताए । विकट अवस्थामा रहेको स्थानीय तहमा पनि भौतिक विकास जस्तै स्वास्थ्य क्षेत्रमा भएको परिवर्तन, सूचकहरु पुरा हुनुपनि एक किसिमको विकास रहेको अध्यक्ष मुक्तानले बताए ।

ADVERTISEMENT

पूर्ण खोप घरधुरी सर्वेक्षण पश्चात पालिका स्तरीय समीक्षा बैठक राखिएको स्वास्थ्य शाखा प्रमुख कृष्णकुमार यादवले बताए । खोप क्लिनिक र गाउँघर क्लिनिक सञ्चालन समेत गर्दै आइरहेका छौं, घरघरमा खोप कार्ड हेर्नुका साथै सबै किसिमका खोप लगाएको या नलगाएको सर्वेक्षण गरेका छौं, प्रमुख यादवले भने । बैशाख २५ गते देखी ३० गते भित्रमा आवश्यक मापदण्ड पुरा गरि पूण खोप सुनिश्चिता घोषणाको तयारी गर्न प्रमुख प्रशासकीय अधिकृत अमुल श्रेष्ठले निर्देशन गरेका छन् । पाँच दिन भित्र १० वटै स्वास्थ्य संस्थाले घोषणा गरे पश्चात आवश्यक पक्रिया पुरा भएपछि गाउँपालिका घोषणा गरिने श्रेष्ठले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *