हेटौँडा, साइराम बचत तथा ऋण सहकारी संस्था लिमिटेडको अध्यक्षमा सचिता भट्टराई चयन हुनु भएको छ । आज भएको सहकारीको १७ औँ साधारणसभाबाट सचिताको अध्यक्षतामा नयाँ सञ्चालक समिति निर्माण भएको हो ।
समितिको उपाध्यक्षमा राजकुमार थापा, सचिवमा सीताराम तिमल्सिना, कोषाध्यक्षमा डीबी बर्तौला र सहसचिवमा मिरा पौडेल चयन भएका छन् । यसैगरी सदस्यमा लक्ष्मी कडेल, कमला सुवेदी, सोमप्रसाद चौलागाईं, शिवप्रसाद भण्डारी चयन भएका छन् । सहकारीको लेखा समिति संयोजकमा कृष्णप्रसाद बासुकला र सदस्यमा रमेश अधिकारी र लक्ष्मी खनाल चयन भएका छन् ।
कार्यक्रममा सहकारीका अध्यक्ष राजेन्द्रप्रसाद पौडेलले वार्षिक प्रतिवेदन, सचिवको प्रतिवेदन राजकुमार थापा, आर्थिक प्रतिवेदन कोषाध्यक्ष सीताराम तिमल्सिना, लेखा प्रतिवेदन संयोजक प्रेमप्रसाद पौडेलले प्रस्तुत गर्नु भएको थियो । कार्यक्रममा शुभकामना मन्तव्य सल्लाहकारद्वय तुलसा रेग्मी र माधवप्रसाद आचार्यले व्यक्त गर्नुभएको थियो भने संस्थाकी उपाध्यक्ष सचिता भट्टराईले स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो । संस्थागत विवरण व्यवस्थापक राजकुमार तिमल्सिनाले राख्नु भएको थियो। संस्थाका अध्यक्ष राजेन्द्रप्रसाद पौडेलको सभाध्यक्षतामा भएको कार्यक्रममा संस्थाका सल्लाहकार तुलसा रेग्मी, माधवप्रसाद आचार्य, नवीन केसी तथा सीता अधिकारीको आतिथ्य रहेको थियो ।







