हेटौंडामा सहारा ग्यासका ७ सयभन्दा बढी सिलिन्डर नष्ट

हेटौँडा, हेटौँडा–३ मा रहेको सहारा ग्यास इण्डस्ट्रिज प्रालिले गुणस्तरमा कमी आएका ७ सयभन्दा बढी ग्यास सिलिन्डर नष्ट गरेको छ। म्याद गुज्रिएका तथा हाइड्रोलिक परीक्षणमा फेल भएका ७ सय ३६ थान सिलिन्डर शुक्रबार नष्ट गरिएको हो।

ADVERTISEMENT

नेपाल आयल निगम वीरगञ्ज शाखा प्रमुख, गुणस्तर तथा नापतौल विभाग, हेटौंडा उपमहानगरपालिका–३ का वडाध्यक्ष ढलकबहादुर थापा, नेपाल ग्यास व्यवसायी महासंघ बागमती प्रदेशका अध्यक्ष विनोदमान श्रेष्ठ, घरेलु तथा साना उद्योग संघ, मकवानपुर ग्यास व्यवसायी संघ, उपभोक्ता हित संरक्षण मञ्च, नेपाल पत्रकार महासंघ मकवानपुर तथा सञ्चारकर्मीहरूको रोहबरमा ती सिलिन्डरहरू नष्ट गरिएको उद्योगले जनाएको छ।

उपभोक्ताले प्रयोग गरेपछि गुणस्तर खस्किएका सिलिन्डरहरू सुरक्षित ढंगबाट नष्ट गरिएको बताउँदै उद्योगले उपभोक्ता सुरक्षालाई उच्च प्राथमिकता दिइएको जनाएको छ। उद्योगका प्रबन्धक खडगबहादुर थापाका अनुसार प्रयोगमा रहेका केही सिलिन्डरहरूमा लिकेज, प्वाल परेको, नेकरिङ बिग्रिएको तथा म्याद सकिन लागेका अवस्था फेला परेपछि ती सिलिन्डर नष्ट गरिएको हो।

‘विगत १० देखि १२ वर्षसम्म हाइड्रोलिक परीक्षणमा फेल भएका सिलिन्डरहरू नष्ट गरेका हौँ,’ थापाले भने, ‘पुराना सिलिन्डर नष्ट गर्नुको उद्देश्य उपभोक्तालाई गुणस्तरीय र सुरक्षित सिलिन्डर उपलब्ध गराउनु हो।’

यसअघि पनि यस्ता सिलिन्डरहरू नियमित रूपमा नष्ट गरिँदै आएको र उपभोक्ताको सुरक्षाका लागि आगामी दिनमा पनि सिलिन्डर परीक्षणलाई निरन्तरता दिइने प्रबन्धक थापाले जानकारी दिए। उद्योगले हाल दैनिक करिब २ हजार ८ सय सिलिन्डर बजारमा बिक्री गर्दै आइरहेको जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सत्मार्ग अनलाइन डिजिटल पत्रिका

तपाईँको सूचना र विचारको भरोसायोग्य डिजिटल स्रोत। राष्ट्रिय, अन्तर्राष्ट्रिय, प्रविधि, मनोरञ्जन, शिक्षा, खेलकुद लगायतका विषयमा सत्य, तथ्य र निष्पक्ष समाचार तपाईँमाझ पुर्‍याउने हाम्रो प्रयास।

हाम्रो बारेमा

सत्मार्ग मिडिया प्रा.लि. द्वारा सञ्चालित सत्मार्ग अनलाइन

कम्पनी दर्ता: २९५१७४/०७९/८०
सञ्चार रजिष्ट्रार: ००१३९/०७९/०८०
विभाग दर्ता: ३६७२–२०७९/८०

फेसबुकमा जोडिनुहोस्

© 2026 Satmargaonline.com — All Rights Reserved
Designed by Jivan Acharya