हेटौँडामा ‘दर्ज्यु संलाप’ वार्ता

हेटौंडा, निबन्धकार कुमारी लामाले आफू हुर्केको परिवेशलाई साहित्यमा समेट्दा अझ प्रभावकारी बन्ने बताएकी छिन् । शनिबार हेटौँडामा आफ्नो पछिल्लो निबन्धसङ्ग्रह ‘दर्ज्यु संलाप माथिको विमर्श कार्यक्रममा बोल्दै निबन्धकार लामाले आफ्नै पृष्ठभूमिका भुइँमान्छेका विद्रोहलाई निबन्धात्मक रुपमा ल्याउँदा निबन्धको दायरा अझै फराकिलो बन्न पुगेको बताइन् ।

ADVERTISEMENT

समीक्षक निमेष निखिलको सुशासन कायम गर्ने बेग्लै निकाय हुँदाहुँदै लेखकले प्रश्न मात्रै उठाउने हो वा समाधान पनि गर्ने हो रु भन्ने सवालको जवाफ दिँदै लामाले प्रश्न उठाउनु आवश्यक रहेको बताइन् । संविधानले छोरीलाई अंश र वंशको अधिकार दिँदैमा व्यवहारमा परिवर्तन नहुने निबन्धकारको तर्क थियो । निबन्धहरूलाई शृंखलात्मक रुपमा प्रस्तुत गरिएको ‘दर्ज्यु संलाप’मा उल्लेखित पात्र कान्छी तामाङको जीवन आफ्नो लागि प्रेरणादायी रहेको उल्लेख गर्दै लामाले उनको सङ्घर्षका कथालाई नै हालको किताबमा तेस्रो पटक समेट्दै देहान्तका कारणले टुङ्ग्याएको बताइन् ।

विगतमा न्युन पारिश्रमिक दिएर तामाङहरूको शोषण भ‌एको, ज्यानै मास्न सकिने कानूनी व्यवस्थाले राजनीति, शिक्षा, अर्थमा विगतदेखि नै दमनका शृङ्खला रहेकोले पात्रहरूमा तामाङहरूकै बाहुल्यता रहेको लेखक लामाले बताइन् ।
कार्यक्रममा यश लामा, सुबास सजल, वनस्तम थिङ लगायतले पाठकीय टिप्पणी राखेका थिए ।

किताबघर हेटौँडा र’ ‘आह्वान’को संयुक्त आयोजनामा भएको कार्यक्रममा आख्यानकार उमा सुवेदीले ‘आह्वान’का गतिविधिबारे जानकारी गराएकी थिइन् ।

Advertisement 5

Leave a Reply

Your email address will not be published. Required fields are marked *