सरस्वती प्राविका विद्यार्थीलाई न्यानो कपडा वितरण

हेटौँडा, हेटौँडा–१, घ्याङसिनटारस्थित सरस्वती प्राथमिक विद्यालयमा अध्ययनरत ५५ जना विद्यार्थीलाई न्यानो कपडा वितरण गरिएको छ। आज लायन्स क्लब हेटौँडा स्मारकले विद्यालय परिसरमै पुगेर विद्यार्थीहरूलाई ज्याकेट हस्तान्तरण गरेको हो।

ADVERTISEMENT

क्लबका अध्यक्ष जीवन छत्कुलीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा लायन्स डिस्ट्रिक्ट ३२५ ‘एस’ का दोस्रो भाइस डिष्ट्रिक्ट गभर्नर (भिडिजी) अंकिता सुमार्गी प्रमुख अतिथिमा कपडा वितरण गरिएको हो ।

कमल अधिकारीको संयोजनमा कार्यक्रम भएको हो । साेहि कार्यक्रममा लायन्स डिस्ट्रिक्ट ३२५ ‘एस’ का दोस्रो भाइस डिष्ट्रिक्ट गभर्नर (भिडिजी) मा निर्वाचित हुनु भएकी सुमार्गीलाई क्लबले सम्मान गरेको छ ।

कार्यक्रममा हेटौँडा उपमहानगरपालिका–१ का वडाध्यक्ष सविन न्यौपाने, क्लबका चार्टरड अध्यक्ष कैलाश ढकाल, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष लवाङ सिन्तानलगायतको उपस्थिति रहेको थियो।

लायन्स क्लब हेटौँडा स्मारकका पूर्व अध्यक्ष सन्तोष पराजुली जेसीआई हेटौँडाको गरिमामय अध्यक्ष पदमा निर्वाचित भएको उपलक्ष्यमा क्लबले आज पराजुलीलाई सम्मान गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सत्मार्ग अनलाइन डिजिटल पत्रिका

तपाईँको सूचना र विचारको भरोसायोग्य डिजिटल स्रोत। राष्ट्रिय, अन्तर्राष्ट्रिय, प्रविधि, मनोरञ्जन, शिक्षा, खेलकुद लगायतका विषयमा सत्य, तथ्य र निष्पक्ष समाचार तपाईँमाझ पुर्‍याउने हाम्रो प्रयास।

हाम्रो बारेमा

सत्मार्ग मिडिया प्रा.लि. द्वारा सञ्चालित सत्मार्ग अनलाइन

कम्पनी दर्ता: २९५१७४/०७९/८०
सञ्चार रजिष्ट्रार: ००१३९/०७९/०८०
विभाग दर्ता: ३६७२–२०७९/८०

फेसबुकमा जोडिनुहोस्

© 2026 Satmargaonline.com — All Rights Reserved
Designed by Jivan Acharya