गणित शिक्षा परिषद मकवानपुरको अध्यक्षमा बिनोद सुवेदी, नगरमा श्याम बजगाईँ

हेटौँडा, गणित शिक्षा परिषद् मकवानपुरको अध्यक्षमा बिनोद सुवेदी चयन भएका छन् । आज भएको परिषदको पाचौँ जिल्ला अधिवेशनबाट सुवेदीको अध्यक्षतामा नयाँ कार्य समिति निर्माण भएको हो । परिषद्को उपाध्यक्षमा दिपक अधिकारी, सचिवमा इन्द्रबहादुर कार्की, सह–सचिवमा भूपेन्द्र चौलागाईँ, कोषाध्यक्षमा होमनाथ ढकाल र सहकोषाध्यक्षमा ब्रज किशोर गुप्ता चयन भएका छन् ।

ADVERTISEMENT

यसैगरी सदस्यमा सबिना वाइबा, सविता अधिकारी, गोपाल घिमिरे, उपेन्द्र पौडेल, बिमल दाहाल, सुदर्शन अधिकारी र शंकर भण्डारी चयन भएका छन् । यसैगरी आज भएको गणित शिक्षा परिषद हेटौँडा उपमहानगरपालिकाको अध्यक्षमा श्याम बजगाईँ चयन भएका छन् । नगरको उपाध्यक्षमा शान्तिमाया बस्नेत, सचिवमा नवराज दुलाल, सहसचिवमा लक्ष्मीकुमारी पुडासैनी, कोषाध्यक्षमा हर्कबहादुर कार्की र सह कोषाध्यक्षमा अजन्ता पराजुली चयन भएका छन् ।

यसैगरी सदस्यमा रमिका शाक्य, निश्चल चौलागाई, प्रेम घिमिरे, देवेन्द्र चापागाई, निर्मल पराजुली र सर्मिला लम्साल चयन भएका छन् । गणित शिक्षा परिषद् बागमती गाउँपालिका अध्यक्षमा दिनेश माझी, बकैया गाउँपालिकाको अध्यक्षमा छवि राई र कैलाश गाउँपालिका अध्यक्षमा अर्जुन लामिछाने चयन भएको आयोजकले जनाएको छ । गणित शिक्षा परिषद् मकवानपुरका अध्यक्ष धनिकलाल शाहको अध्यक्षतामा भएको कार्यक्रममा जिल्ला समन्वय समिति मकवानपुरका संयोजक ललित घलानको प्रमुख आतिथ्य रहेको थियो ।

वि.सं. २०८१ सालको एसइइ परीक्षामा गणित विषयमा सतप्रतिशत वा ए प्लस वा ए जिपिए ल्याउन सहयोग गर्नुहुने गणित शिक्षकलाई सम्मान गरेको थियो ।

Advertisement 5

Leave a Reply

Your email address will not be published. Required fields are marked *