प्रिन्सा बनिन् ज्ञानदीपको कप्तान

हेटौँडा, हेटौँडा–५ रहेको ज्ञानदीप शिक्षा (जी.एस.) निकेतन माध्यमिक विद्यालयमा विद्यार्थी प्रतिनिधि अर्थात् विद्यालय कप्तान र उपकप्तानको निर्वाचन सम्पन्न भएको छ। आज असार ५ गते अनलाइन भोटिङ पद्धतिबाट निर्वाचन सम्पन्न भएको हो । निर्वाचन कार्यक्रमअन्तर्गत विद्यालय कप्तान पदका प्रत्यासी कक्षा-१० की प्रिन्सा बस्नेतले कूल ५५१ मत प्राप्त गर्दै विद्यालय कप्तान पदमा निर्वाचित भइन् । उनका निकटतम प्रतिस्पर्धी कक्षा-१० की शुभेक्षणा अधिकारीले १२३ मत प्राप्त गरी उपविजेता भइन् ।

ADVERTISEMENT

यसैगरी विद्यालय उपकप्तान छात्रतर्फ प्रतिस्पर्धी दुईमध्ये कक्षा ८ का डेबिट बराल ४८४ मतका साथ छात्र उपकप्तान निर्वाचित भएका छन् । उनका निकटतम प्रतिस्पर्धी कक्षा-८ का एरिक ढकालले १९० मत प्राप्त गरे । त्यस्तै छात्रा उपकप्तानका प्रत्यासी स्वस्तिका न्यौपाने, प्रकृति पुडासैनी र सुप्रिया खतिवडामध्ये कक्षा-(९ की प्रकृति पुडासैनी ३४५ मतका साथ छात्रा उपकप्तान निर्वाचित भइन् । उनका प्रतिस्पर्धीद्वय कक्षा- ८ की सुप्रिया खतिवडाले २१६ र कक्षा-८ कै स्वस्तिका न्यौपानेले ११३ मत प्राप्त गरिन् ।

विद्यार्थीलाई निर्वाचन पद्धतिबारे जानकार बनाउने उद्देश्यले कक्षा ६ देखि १० सम्म अध्ययनरत विद्यार्थीलाई मतदान प्रकृयामा सहभागी गराइएको मतदान अधिकृत एवम् सामाजिक अध्ययन विषय प्रमुख माधवप्रसाद अधिकारीले जानकारी दिए । साथै, प्रविधिमैत्री निर्वाचनशिक्षा प्रदान गर्ने उद्देश्यले कक्षा-१० का विद्यार्थीद्वारा निर्मित अनलाइन भोटिङ पद्दतिमार्फत निर्वाचन सम्पन्न गरिएको विद्यालयका सहायक प्रधानाध्यापक दीपक गौतमले जानकारी गराए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *