क्रिकेट उपाधिका लागि ओमनगर र मकवानपुर क्रिकेट क्लब भिड्ने

हेटौँडा, हेटौँडामा जारी टि–२० कप क्रिकेट प्रतियोगिताको उपाधिका लागि भोली ओमनगर क्रिकेट क्लब र मकवानपुर क्रिकेट क्लब भीड्ने भएका छन् । आइतबार भएको पहिलो सेमीफाइनल खेलमा नारायणी कलेजलाई ४ विकेटले पराजित गर्दै ओमनगर फाइनलमा प्रवेश गरेको हो भने आइतबारै भएको दोस्रो सेमीफाइनल खेलमा कमाने क्रिकेट क्लबलाई ४ रनले पराजित गर्दै मकवानपुर क्रिकेट क्लब फाइनलमा प्रवेश गरेको हो ।

ADVERTISEMENT

आइतबार भएको पहिलो सेमीफाइनल खेलमा टस जितेर पहिले व्याटिङ गरेको नारायणी कलेज १९ ओभरमा अलआउट हुँदै ७५ रनमै सिमित बन्यो । जवाफी व्याटिङमा उत्रिएको ओमनगरले ६ विकेट गुमाएर १६ औं ओभर ७६ रनको लक्ष्य भेट्टायो । ओमनगरका लागि गोकुल अधिकारीले ३० रन र विशाल फूयाँलले १९ रनको योगदान दिए । प्लेयर अफ द म्याच ओमनगरका गोकुल अधिकारी घोषित भए ।

आइतबारै भएको दोस्रो सेमीफाइनल खेलमा टल जितेर मकवानपुर क्रिकेट क्लबले पहिले व्याटिङ गरेको थियो । मकवानपुर क्रिकेट क्लबले निर्धारित २० ओभरमा ९ विकेटको क्षतिमा ९५ रन मात्रै बनाउन सक्यो । मकवानपुरका लागि सुमन सुनारले २५, सन्तोष उपाध्यायले १८ र रिजन ढकालले ११ रन जोड्ने बाहेक अन्य खेलाडीले दोहोरो अंक जोड्न सकेनन् ।

जवाफी व्याटिङका लागि मैदान उत्रेको कमानेका लागि समीर चौलागाईले अविजित रहँदै ४३ रन र ओपनर राजेश लुइँटेलले ३९ रन जोड्दै निर्धारित २० ओभरमा ६ विकेटको क्षतिमा ९१ रन मात्रै जोड्न सफल भयो । मकवानपुरका लागि रिजन ढकाल एक्लैले ६ विकेट लिए । प्रतियोगितामा रिजन प्लेयर अफ द म्याच घोषित भए । प्रतियोगितामा ६ वटा टिमको सहभागिता रहेको थियो । प्रतियोगिताको उपाधि विजेताले १ लाख रुपैयाँ र उपविजेताले ५० हजार रुपैयाँसहित शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछ ।

Advertisement 5

Leave a Reply

Your email address will not be published. Required fields are marked *