मकवानपुर जिल्ला लिग फुटबल प्रतियोगिताको मिति सर्यो

हेटौंडा, यही भदौ ७ गतेबाट शुरु हुने भनिएको मकवानपुर जिल्ला लिग फुटबल प्रतियोगिताको मिति सरेको छ । आयोजक मकवानपुर जिल्ला फुटबल संघको भदौ ५ गते बसेको कार्य समितिको बैठकले जिल्ला लिग प्रतियोगिता प्रतिकुल मौसमका कारण भाद्र १४ गतेबाट आयोजना हुने महासचिव छवी सुवेदीले जानकारी दिए ।

ADVERTISEMENT

प्रतियोगिताको खेल तालिका भदौ १० गते सार्वजनिक गरिने उनले जानकारी दिए । करिव ४ वर्षको अन्तरालमा सुरु हुन लागेको प्रतियोगिताको उद्घाटन हेटौंडा ११ स्थित सिमलटार खेल मैदानमा हुने आयोजकले जनाएको छ ।

मकवानपुर जिल्लाका २८ वटा क्लबले सहभागिता जनाउने प्रतियोगिताको विजेता र उपविजेता टिमले क्रमशः नगद १ लाख र ५० हजारसहित ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गर्ने छन् भने विजेता टिमले २०८१ मा हुने प्रदेश लिगको लागि छनौट हुनेछन् । प्रतियोगिता आयोजनाको लागि करिव १२ लाख रुपैयाँ खर्च हुने आयोजकले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *