१२ लाखबढी भेडाबाख्रालाई आजबाट पीपीआर खोप लगाइदै

हेटौंडा, बागमती प्रदेश सरकारको कृषि तथा पशुपन्छी विकास मन्त्रालयले प्रदेशका १२ लाख बढी भेडाबाख्रालाई पिपिआर खोप लगाइने भएको छ । मन्त्रालयले आगामी फागुन १ गतेदेखि प्रदेशका १३ जिल्लाका १२ लाख ६९ हजार भेडाबाख्रालाई पीपीआर खोप लगाउने भएको हो ।

ADVERTISEMENT

आइतबार पत्रकार सम्मेलन मन्त्रालयले सप्ताहव्यापी खोप अभियान सञ्चालन गरेर प्रदेश सरकारले फागुन १ गतेदेखि ७ गतेसम्म प्रदेशभरिका १२ लाख ६९ हजार भेडाबाख्रालाई पीपीआर रोग विरुद्ध खोप लगाउने जानकारी दिएको हो । प्रदेशको कृषि तथा पशुपन्छी विकास मन्त्रालयका प्रवक्ता झलकनाथ कंडेलका अनुसार प्रदेशमा २५ लाख २० हजार ६७१ बाख्रा र ९२ हजार ५६१ भेडा गरि २६ लाख १३ हजार २३२ भेडाबाख्रा रहेका छन् । जसमध्ये सप्ताहव्यापी खोप अभियान मार्फत १२ लाख ६९ हजार भेडाबाख्रालाई पीपीआर खोप लगाउन लागिएको हो ।

‘पीपीआर भेडाबाख्रामा लाग्ने एकप्रकारकारको घातक संक्रामक रोग हो । यस रोगबाट नेपालमा बर्सेनी ठूलो संख्यामा भेडाबाख्राको ज्यान जाने गरेको छ । प्रदेशमा यो रोगको प्रभाव रोक्न गत बर्षदेखि अभियान नै चलाएर खोप लगाउँने गरिएको छ ।’ प्रवक्ता कंडेलका जानकारी दिए । उनले पीपीआरका कारण भेडाबाख्राको मृत्यु भएर कृषकहरुले आर्थिक क्षति व्यहोर्नु नपरोस भनेर प्रदेश सरकारले खोप अभियान सञ्चालन गर्न लागेको बताए । प्रवक्ता कंडेलका अनुसार गत बर्षपनि प्रदेश सरकारले सप्ताहव्यापी कार्यक्रम सञ्चालन गरेर ८ लाख २१ हजार ४८९ बाख्रा र ८ हजार ६९८ भेडालाई पिपिआर खोप लगाएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *