पूर्वाधार विकासलाई प्राथमिकता दिन्छौँः नेता बानियाँ

हेटौंडा, मकवानपुर प्रतिनिधिसभा क्षेत्र नम्वर–२ प्रदेशसभा (ख) मा लोकतान्त्रिक बाम गठबन्धनका उम्मेदवार इन्द्रबहादुर बानियाँले गठबन्धनको नेतृत्वले पूर्वाधार विकास र जनताको जीवनस्तर परिवर्तनलाई प्राथमिकता दिएर काम गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् ।थाहा नगरपालिका वडा नम्वर–३ मा आइतबार गठबन्धनको संयुक्त कार्यकर्ता भेलालाई सम्बोधन गर्दै बानियाँले गाउँटोलको विकास गर्दै जनताको जीवनसँग जोडिएका आधारभूत आवश्यकतालाई पूरा गरिने बताए । कांग्रेस धैर्यता, सहनशिलता, अनुशासन र इमान्दारिता बोकेको पार्टी भएकाले कांग्रेसको तर्फबाट गठबन्धनप्रति कुनै पनि खल्लोपन र तिक्तता नभएको उल्लेख गर्दै यो क्षेत्रमा कसैले पनि आफ्नो पार्टीको उम्मेदवार छैन भनेर निर्वाचन प्रचारप्रसारमा कमीकमजारी नगर्न आग्रह गरे ।

ADVERTISEMENT

उनले गठबन्धनबीच धोका भएमा संविधान र गणतन्त्र विरोधीहरु अगाडि आउनसक्ने भन्दै गठबन्धनका उम्मेदवारलाई जिताउनका लागि सबै लागिपर्न निर्देशन दिए । बागमती प्रदेशमा गठबन्धनको सरकार बनेपछि ८७ भन्दा बढी योजना सो क्षेत्रमा परेको बताउँदै ती योजनालाई पूरा गर्न गठबन्धनको नेतृत्वले जित्नुपर्ने उनले बताए ।संविधानविरोधीहरु युवा हुँ भन्दै भोट माग्न आएर हुँदैन, यो लोकतान्त्रिक गठबन्धन संविधान र व्यवस्था जोगाउने, जनताको जीवनस्तरमा वृद्धि, गाउँटोलको विकास हाम्रो मुल लक्ष्य हो । गठबन्धनका कुनै पनि दलले खल्लोपन र तिक्तता नराखी हरेक टोलटोलमा हर्ष, खुशी र उल्लासका साथ निर्वाचन केन्द्रित प्रचारप्रसारमा लागि मतदाता शिक्षा सिकाउँदै गठबन्धनका उम्मेदवार जिताउनुहोला ।’- उनले भने ।

कांग्रेस थाहानगर सभापति प्रमोदकृष्ण जोशीको सभाध्यक्षतामा भएको कार्यक्रममा क्षेत्र नम्बर २ का उम्मेदवार विरोध खतिवडा, प्रदेशसभा ९क० को उम्मेदवार कुमारी मोक्तान, कांग्रेस मकवानपुरका सभापति बुद्ध लामा, पूर्व सभापति माईकल रामचन्द्र अर्याल, थाहा नगर उपसभापति नवराज कार्की, ४ नम्वर वडा सभापति श्रीकृष्ण केसी, १० का सभापति कुलचन्द्र अर्याल, नेताहरु खड्ग गोपाली, भरत गोपाली, पदमबहादुर तितुङ, भरत लामा र जयराम लामिछानेलगायतको उपस्थिति थियो ।

ADVERTISEMENT

Leave a Reply

Your email address will not be published. Required fields are marked *