सिद्धलाल श्रेष्ठको लगानीमा सिमभन्ज्याङमा बुद्ध मूर्तिको शिलान्यास

हेटौंडा, थाहानगरपालिका वडा नम्वर ४ सिमभज्याङमा धार्मिक पर्यटन क्षेत्रको रुपमा विकास गर्ने उद्देश्यले १८ फिटे बुद्धको मूर्ति निर्माण हुने भएको छ । मकवानपुरे समाजसेवी सिद्धलाल श्रेष्ठको निजि लगानीमा सिमभन्ज्याङमा १८ फिटे बुद्धको मूर्ति निर्माण हुन लागेको हो ।

ADVERTISEMENT

मकवानपुरे समाजसेवी सिद्धलाल श्रेष्ठ र थाहानगरपालिका उपप्रमुख भरत गोपालीलगायतको उपस्थितिमा मङ्गलबार १८ फिटे बुद्धको मूर्तिको शिलान्यास गरेको हो । जसमा कमलको फूल तलबाट ३ फिट, जमिनबाट माथि फाउन्डेसन ६ फिट र बुद्धको मूर्ति ९ फिटमा निर्माण हुने भएको छ । ‘सिमभन्ज्याङबाट अलि भित्र ऋषेश्वर महादेव मन्दिर रहेको छ । यो पुण्यभूमिमा एउटा बुद्धको मुर्ति स्थापना गरेभने मानिसहरुको जमात पनि बढ्ला । म आफू पनि बुद्धको अनुयायी बन्न खोजेको हुँ। थाहानगर पर्यटकीय क्षेत्र भएकोले गर्दा धार्मिक काममा एउटा इट्टा थप्ने उद्देश्यले काम गरेको हुँ ।’ समाजसेवी श्रेष्ठले भने ।

‘यो बाटो हिँडेको ४८ वर्ष भयो । हिजोको सिमभन्ज्याङ र आजको सिमभन्ज्याङमा केही फरक पाइन् । मैले शुरु गर्दा अरुले नि केही प्रभावकारी काम गर्नुहुनेछ ।’ उनले भने –‘बुद्ध मूर्ति निर्माण भएपछि पर्यटकहरुको संख्यामा गुणात्मक वृद्धि हुन्छ भन्ने अपेक्षा लिएको छु ।’

ADVERTISEMENT

थाहा नगरपालिका, वन समिति र वडासँग अनुमित लिएर मूर्तिको स्थापना गर्न लागेको उनले बताए । बुद्धको मूर्ति स्थापना गर्नको लागि करिव १० लाख रुपैयाँ खर्च लाग्ने उनले जानकारी दिए । हर्ष भ्लोन मूर्तिकारले बुद्धको मूर्ति बनाउने छन् । ‘काम गर्ने मानिस सिमभन्ज्याङमा पुगिसक्नु भएको छ । त्यहाँ निकै चिसो भएकोले गर्दा काममा अलि ढिलाई होला जस्तो छ । तर पनि बैशाख महिनासम्म काम सकिने योजनामा छाँै ।’ उनले भने ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *