१६ नम्वर वडा कार्यालयलाई सेनेटरी प्याड भेन्डिङ मेसिन सहयोग

हेटौंडा, सहयोगी मन नेपालले वडा कार्यालयलाई सेनेटरी प्याड भेन्डिङ मेसिन सहयोग गरेको छ । हेटौंडा १६ नम्बर वडा कार्यालयलाई उक्त भेन्डिङ मेसिन सहयोग गरेको हो । सहयोगी मन नेपालका अध्यक्ष केदार प्रसाद चौलागाईंले हेटौंडा १६ का वडाध्यक्ष रामकृष्ण कोइरालालाई आइतबार उक्त मेसिन हस्तान्तरण गरेका हुन् ।

सहयोगी मन नेपालले सेनेटरी प्याड भेन्डिङ मेसिन सहयोग प्राप्त भएकोमा खुसी व्यक्त गरे । वडा अध्यक्ष कोइरालाले महिनावारी भएको समयमा वडा कार्यालय आएका दिदीबहिनीहरुलाई सो मेसिनबाट सेनेटरी प्याड लिन र स्पिोज गर्न सहज हुने भन्दै सहयोगी मन नेपाललाई धन्यवाद दिए ।

वडा कार्यालयमा विभिन्न तालिम, गोष्ठि तथा कार्यक्रमहरु हुँदा महिला दिदीबहिनीहरुको सहभागीता हुँदा
महिनावारीको समयमा समस्या भोग्न नपरोस् भन्ने उदेश्यले उक्त मेसिन सहयोग गरिएको सहयोगी मन नेपालका अध्यक्ष्य चौलागाईंले बताए ।

Advertisement 3

सहयोगी मन नेपालले यसअघि पनि विभिन्न संघ, संस्था तथा परिवारहरुको लागि सहयोग गर्दै आएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *