ज्ञानदीपको खेलकुद कार्यक्रम सुरु

हेटौँडा, ज्ञानदीप बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड तथा ज्ञानदीप शिक्षा निकेतन माध्यमिक विद्यालयको २५औँ स्थापना दिवसको अवसरमा आन्तरिक प्रतियोगितात्मक खेलकुद कार्यक्रम सुरु भएको छ। कार्यक्रमको उद्घाटनसँगै कक्षा ८ र ९ का विद्यार्थीबीच विभिन्न कक्षागत खेलकुद प्रतियोगिता सम्पन्न भएका छन्।

ADVERTISEMENT

प्रतियोगिताअन्तर्गत १००×४ छात्र रिले दौडतर्फ युनिक घलान, समृत सापकोटा, आङ्तेन मोक्तान र आदर्श श्रेष्ठ सम्मिलित टोली प्रथम भएको छ भने समृद्ध ढुङ्गाना, सफल थापा, नमन अधिकारी र आयन श्रेष्ठको टोली दोस्रो तथा प्रेरक गौतम, परिवर्तन अर्याल, समिन नेगी र आयुष भण्डारीको टोली तेस्रो भएको छ। ४०० मिटर दौडतर्फ कक्षा ९ का छात्रमा आदर्श श्रेष्ठ प्रथम, आयुष भण्डारी दोस्रो र आङ्तेन मोक्तान तेस्रो भएका छन् भने कक्षा ८ का छात्रमा युनिक घलान प्रथम, समृद्ध ढुङ्गाना दोस्रो र आयन श्रेष्ठ तेस्रो भएका छन्। छात्रातर्फ कक्षा ९ मा सदिक्षा थोकर प्रथम, पुष्पा तिमल्सिना दोस्रो र राशिका चौधरी तेस्रो भएका छन् भने कक्षा ८ मा प्रकृति पुडासैनी प्रथम, पेमा याङ्की तामाङ दोस्रो र आर्शु शाक्य तेस्रो भएका छन्।

यसैगरी १०० मिटर दौडतर्फ कक्षा ९ का छात्रमा आदर्श श्रेष्ठ प्रथम, प्रेरक गौतम दोस्रो र आयुष भण्डारी तेस्रो भएका छन् भने कक्षा ८ का छात्रमा समृत सापकोटा प्रथम, आदर्श राज दोस्रो र युनिक घलान तेस्रो भएका छन्। छात्रातर्फ कक्षा ९ मा सदिक्षा थोकर प्रथम, पुष्पा तिमल्सिना दोस्रो र राशिका चौधरी तेस्रो भएका छन् भने अर्को समूहमा लकिसा थापामगर प्रथम, प्रकृति पुडासैनी र सुभाना ढकाल संयुक्त दोस्रो तथा युनिसा लम्साल तेस्रो भएकी छन्। सटपुटतर्फ कक्षा ९ का छात्रमा आदर्श श्रेष्ठ प्रथम, आङ्तेन मोक्तान दोस्रो र सक्सेस बिष्ट तेस्रो भएका छन् भने कक्षा ८ का छात्रमा पुनिक सिँजाली प्रथम, सफल थापा दोस्रो र समृद्ध ढुङ्गाना तेस्रो भएका छन्। छात्रातर्फ कक्षा ९ मा पुष्पा तिमल्सिना प्रथम, सदिक्षा थोकर दोस्रो र राशिका चौधरी तेस्रो भएकी छन् भने कक्षा ८ मा प्रकृति पुडासैनी प्रथम, परिधि सापकोटा दोस्रो र सुरश्ना सापकोटा तेस्रो भएकी छन्।

प्रतियोगितामा विजयी विद्यार्थीहरूलाई माघ १८ गते मेडल, ट्रफी तथा प्रमाणपत्र वितरण गरिने विद्यालयले जनाएको छ। साथै, भोलि कक्षा नर्सरीदेखि कक्षा ३ सम्मका विद्यार्थीहरूका लागि खेलकुद प्रतियोगिता विद्यालय प्राङ्गणमा आयोजना गरिनेछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *