भ्रष्टाचार अन्त्यको लागि राष्ट्रिय स्वतन्त्र पार्टीले जित्नुपर्छ: लामिछाने

हेटौंडा/राष्ट्रिय स्वतन्त्र पार्टीका केन्द्रीय सभापति रवि लामिछानेले मुलुकमा भ्रष्टाचार अन्त्य गर्नका लागि आफुहरुलाई मतदान गर्न आग्रह गरेका छन् । यो मुलुकमा मागेर होइन गरेर खाने वातावरणका लागि स्वतन्त्रण पार्टीलाई मत दिनका लागि आग्रह गरे।

ADVERTISEMENT

राष्ट्रिय स्वतन्त्र पार्टीको आयोजनामा आज हेटौंडामा आयोजित सभामा बोल्दै उनले भने –‘तपाइहरुको पार्टी छोड्नुस भन्दीन तर, यो पटकको मत हामीलाई दिनुहोस । पुस्पलाल र विपीले वनाएको पार्टी छोड्नुस भनेको होइनकी आफ्नो मत यस पटक हामीलाई दिनुहोस ।’

भ्रष्टाचार पुरा नियन्त्रण गर्नका लागि एक पटक आफुहरुलाई मतदान गरेर देखाउन आग्रह गरे । अब फ्रि भिस्सा फ्रि टिकट होइनकी बिदेश नजाने वातावरण तयार गर्नका लागि आफुहरु लाग्ने वताउनुभयो । हाम्रो पार्टी जितेर संसदमा गएर काम गरेनन् भने अहिले नागरिकले फूल माला लगाएर पठाएको व्यक्तिलाई यहाँ फेरी ल्याएर जनतामाझ माफि मगाउन लगाउने बताए । अब पनि नेता रिसाउला, पार्टी रिसाउला भनेर हुँदैन अब मत परिवर्तन गर्न जरुरी रहेकोमा लामिछानेले जोड दिएका थिए ।

ADVERTISEMENT

Leave a Reply

Your email address will not be published. Required fields are marked *