शिक्षक भलिबल उपाधीको लागि जीएस र नवोदय भिड्ने

हेटौंडा, हेटौंडामा जारी नगर स्तरीय शिक्षक भलिबल उपाधीको लागि जीएस निकेतन विद्यालय र नवोदय शिशु सदन अङ्ग्रेजी माध्यमिक विद्यालय भिड्ने भएको छ । शनिबार भएको पहिलो सेमिफाइनल खेलमा जीएसले जेनिथ इन्टरनेशनल एकेडेमीलाई सोझो सेटमा पराजित गरेको हो । जीएसले २५–१० र २५–१८ को सोझो सेटले जेनिथलाई पराजित गरेको हो ।

ADVERTISEMENT

यसैगरी शनिबार भएको दोस्रो सेमिफाइनल खेलमा नवोदय शिशु सदन अङ्ग्रेजी माध्यमिक विद्यालयले जनप्रिय माध्यमिक विद्यालयलाई सोझो सेटले पराजित गरेको हो । नवोदयले जनप्रियलाई २५–१८ र २५–१९ को सोझो सेटले हराएको हो ।प्रतियोगितामा जेनिथ विद्यालयले तासिर अङ्ग्रेजी माध्यमिक विद्यालयलाई र जनप्रियले आधुनिक राष्ट्रिय माध्यमिक विद्यालयलाई पराजित गर्दै सेमिफाइनल प्रवेश गरेको थियो । हेटौँडा उपमहानगरपालिकाको शिक्षा महाशाखाले आयोजना गरेको प्रतियोगितामा नगरका १५ वटा विद्यालयको सहभागिता जनाएको थियो ।

प्रतियोगिताको विजेताले नगद ३० हजार र उपविजेताले नगद २५ हजार रुपैयाँ सहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्ने छन् । प्रतियोगिताको सेमिफाईनलमा पराजित हुने टिमलाई जनही १५ हजार रुपैयाँ प्रदान गरिने खेलकुद संयोजक राजाराम पोख्रेलले जानकारी दिए । प्रतियोगिताको फाइनल खेल असार १० गते दिउँसो ४ बजे हुनेछ ।

ADVERTISEMENT

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सत्मार्ग अनलाइन डिजिटल पत्रिका

तपाईँको सूचना र विचारको भरोसायोग्य डिजिटल स्रोत। राष्ट्रिय, अन्तर्राष्ट्रिय, प्रविधि, मनोरञ्जन, शिक्षा, खेलकुद लगायतका विषयमा सत्य, तथ्य र निष्पक्ष समाचार तपाईँमाझ पुर्‍याउने हाम्रो प्रयास।

हाम्रो बारेमा

सत्मार्ग मिडिया प्रा.लि. द्वारा सञ्चालित सत्मार्ग अनलाइन

कम्पनी दर्ता: २९५१७४/०७९/८०
सञ्चार रजिष्ट्रार: ००१३९/०७९/०८०
विभाग दर्ता: ३६७२–२०७९/८०

फेसबुकमा जोडिनुहोस्

© 2026 Satmargaonline.com — All Rights Reserved
Designed by Jivan Acharya