सुनगाभा शिक्षा निकेतन विद्यालयको खेलकुद सप्ताह सकियो

हेटौंडा, हेटौंडा ६ मा रहेको सुनगाभा शिक्षा निकेतन विद्यालयले आयोजना गरेको खेलकुद सप्ताह कार्यक्रम बुधबार सम्पन्न भएको छ । विद्यालयको वार्षिक क्यालेण्डर अनुसार कक्षा नर्सरी देखि कक्षा नौ सम्म अध्ययनरत विद्यार्थीहरूको सहभागितामा खेलकुद कार्यक्रम आयोजना गरेको विद्यालयका प्रिन्सिपल अरुण पराजुलीले जानकारी दिए ।

ADVERTISEMENT

रातो, निलो, हरियो र पहिलो सदनबीच भएको अन्तर सदनात्मक खेलकुद प्रतियोगितामा विजयी भएकालाई मेडल र प्रमाणपत्र प्रदान गरिएको थियो । प्रतियोगितामा फुटबल, भलिबल, व्याडमिन्टन, एथ्लेटिक्स, टग अफ वार, चकलेट दौड, शिक्षक विद्यार्थी भलिबल, बेलुन ब्लास्टलगायतका खेलहरु सञ्चालन भएका थिए ।

सोमबारबाट सुरु भएको खेलकुद कार्यक्रमको उद्घाटन विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रामहरी न्यौपाने र प्रवन्ध निर्देशक षडानन्द चौलागाईंले गरेका थिए । कार्यक्रममा सुनगाभा बहुउद्देश्यीय सहकारी संस्थाका उपाध्यक्ष साधुराम चौलागाई, विद्यालय व्यवस्थापन समितिका सदस्य गम्भिर न्यौपानेलगायतको आतिथ्यता रहेको थियो ।

ADVERTISEMENT

Leave a Reply

Your email address will not be published. Required fields are marked *