एसईई पूर्वतयारी परीक्षा: मकवानपुरमा १० परीक्षा केन्द्र निर्धारण

हेटौंडा, निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल (प्याव्सन) ले देशभर एकैसाथ सञ्चालन गर्ने एसईई पूर्वतयारी परीक्षा माघ २२ गते बिहान ७ बजेदेखि सुरु हुने भएको छ।

ADVERTISEMENT

प्याव्सन आवद्ध विद्यालयमा अध्ययनरत विद्यार्थीहरूका लागि मकवानपुर जिल्लामा १० वटा परीक्षा केन्द्र निर्धारण गरिएको प्याव्सन मकवानपुरका अध्यक्ष विनोद सुवेदीले जानकारी दिनुभयो। निर्धारण गरिएका केन्द्रहरूमध्ये हेटौंडा उपमहानगरपालिकामा ६ वटा, थाहा नगरपालिकामा २ वटा र मनहरी गाउँपालिकामा २ वटा रहेका छन्।१० वटा परीक्षा केन्द्रमार्फत कुल १ हजार ४ सय ६३ जना विद्यार्थी सहभागी हुनेछन्।

यसअघि माघ १४ गतेदेखि सञ्चालन गर्ने भनिएको परीक्षा मिति परिमार्जन गरी माघ २२ गतेबाट सुरु गर्न लागिएको हो। माघ २९ गतेसम्म सञ्चालन हुने परीक्षाको पहिलो दिन माघ २२ गते अङ्ग्रेजी, माघ २३ गते नेपाली, माघ २५ गते गणित, माघ २६ गते विज्ञान, माघ २७ गते सामाजिक शिक्षा, माघ २८ गते ऐच्छिक प्रथम र माघ २९ गते ऐच्छिक दोस्रो विषयको परीक्षा सञ्चालन हुने प्याव्सनले जनाएको छ।

ADVERTISEMENT

ADVERTISEMENT

विज्ञापन
Advertisement 1
विज्ञापन
Advertisement 2
विज्ञापन
Advertisement 3

Advertisement 4
विज्ञापन
Advertisement 1
विज्ञापन
Advertisement 2

ADVERTISEMENT

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सत्मार्ग अनलाइन डिजिटल पत्रिका

तपाईँको सूचना र विचारको भरोसायोग्य डिजिटल स्रोत। राष्ट्रिय, अन्तर्राष्ट्रिय, प्रविधि, मनोरञ्जन, शिक्षा, खेलकुद लगायतका विषयमा सत्य, तथ्य र निष्पक्ष समाचार तपाईँमाझ पुर्‍याउने हाम्रो प्रयास।

हाम्रो बारेमा

सत्मार्ग मिडिया प्रा.लि. द्वारा सञ्चालित सत्मार्ग अनलाइन

कम्पनी दर्ता: २९५१७४/०७९/८०
सञ्चार रजिष्ट्रार: ००१३९/०७९/०८०
विभाग दर्ता: ३६७२–२०७९/८०

फेसबुकमा जोडिनुहोस्

© 2026 Satmargaonline.com — All Rights Reserved
Designed by Jivan Acharya