थाहानगरमा पदयात्रा कार्यक्रम आयोजना

हेटौंडा, थाहा नगरपालिकाको पर्यटन प्रवद्र्धनका लागि पालुङ–आग्रा मनसुन पदयात्रा कार्यक्रम शनिबार आयोजना गरेको छ । पदयात्रामा काठमाण्डौंका ४० जना र थाहा नगरका २० जना समेत ६० जनाको सहभागिता रहेको थियो ।

ADVERTISEMENT

खुल्ला आकास कतै कतै बादलका फुर्काहरु, तल देखने हरियाली फाँट र जंगल, जंगलमा चिरबिर चराचुरुङ्गीका आवाज, शितल मनोरम बातावरणमा पदयात्रा गर्दा निकै रमाईले अनुभव भएको पदयात्राको स्थानीय ब्यवस्थापक तथा फोटो पत्रकार गणेश बिष्टले बताए ।

ह्याप्पी हाईकर्स काठमाण्डौंका गोपाल पन्तले प्राकृतिक सौन्दर्य सहित यस पदमार्ग क्षेत्रका धार्मिक यात्रा गर्दा अत्यन्तै रमाईलो भएको बताए । उनले एक पटक पैदल यात्राको लागि यो मार्ग छुटाउनै नहुने बताए । करिब ४ घण्टाको पैदल यात्रामा प्राकृतिक सौन्दर्यतासंगको सामिप्यता, जैबिक बिविधताको अध्ययन, भौगोलक बिविधताको अध्ययन, यहाँको सांस्कृतिक अध्ययन गर्नसकिने स्थानीय युवा माधव कार्कीले बताए । पदयात्रीहरुलाई थाहा नगरपालिका वडा नं. ३ का अध्यक्ष हिरेन्द्रकुमार रायमाझीको स्वागत सहित रुपचन्द्र बिष्टको शालिक स्थल बिकास घर प्रा·णबाट सुरु भएको पदयात्रा थाहा ३ को गोरखनाथ धाम, पाण्डुकेश्वर मन्दिर, थाहा ३ मा रहेको भकारी ढुँगा, केशरी भञ्ज्याङ, थाहा ७ को मान्द्रो गुफा, उनिउ चौर हुँदै थाहा ७ डाडाबासमा पुगेर समापन भएको थियो ।

ADVERTISEMENT

पदयात्रीहरुलाई गोरखनाथ धाम ब्यवस्थापन समिति, थाहा नगरपालिका वडा नं. २ कार्यालय, पाण्डुकेश्वर क्षेत्रबिकास समिति, डाँडाघरे बाको होमस्टमा खाना सहित, थाहा ७ को वडा कार्यालयले ढ्याङग्रो बाजा सहित उनिउ चौरमा र डाडाबासमा हिमशिखर बचत तथा ऋण सहकारी संस्थाले बिशेष स्वागत गरेका थिए । पदयात्राको लागि थाहा नगरपालिकाका युवा फोटो पत्रकार गणेश बिष्ट, माधव कार्की, यादवजंग रायमाझी, केशर थिङ लगायतले समन्वय गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सत्मार्ग अनलाइन डिजिटल पत्रिका

तपाईँको सूचना र विचारको भरोसायोग्य डिजिटल स्रोत। राष्ट्रिय, अन्तर्राष्ट्रिय, प्रविधि, मनोरञ्जन, शिक्षा, खेलकुद लगायतका विषयमा सत्य, तथ्य र निष्पक्ष समाचार तपाईँमाझ पुर्‍याउने हाम्रो प्रयास।

हाम्रो बारेमा

सत्मार्ग मिडिया प्रा.लि. द्वारा सञ्चालित सत्मार्ग अनलाइन

कम्पनी दर्ता: २९५१७४/०७९/८०
सञ्चार रजिष्ट्रार: ००१३९/०७९/०८०
विभाग दर्ता: ३६७२–२०७९/८०

फेसबुकमा जोडिनुहोस्

© 2026 Satmargaonline.com — All Rights Reserved
Designed by Jivan Acharya