प्रकृति पौडेल कविता प्रतियोगितामा प्रथम

हेटौंडा, हेटौंडा स्कुल अफ म्यानेजमेन्टको आयोजनामा भएको २१२औँ भानु जयन्तीको अवसरमा आयोजित अन्तरकलेज स्तरीय कविता प्रतियोगितामा कक्षा १२ की छात्रा प्रकृति पौडेल प्रथम भएकी छिन्। प्रतियोगितामा सहभागी उत्कृष्ट १० प्रतियोगीलाई पछि पार्दै उनले शीर्ष स्थान हासिल गरेकी हुन्।

ADVERTISEMENT

प्रतियोगितामा रोजी सुवेदी दोस्रो, स्नेहा मैनाली तेस्रो तथा कृतम दाहाल सान्त्वना स्थानमा रहेका छन्। विजयीहरूलाई क्रमशः नगद १० हजार, ५ हजार, ३ हजार र २ हजार रुपैयाँसहित प्रमाणपत्र प्रदान गरिएको थियो। कविताका लागि असार २० देखि २६ गतेसम्म कविता संकलन गरिएकोमा कुल ८९ वटा कविता प्राप्त भएका थिए। तीमध्येबाट उत्कृष्ट १० कवितालाई छानेर वाचन प्रतियोगितामा सहभागी गराइएको थियो। कार्यक्रम नेपाली विभाग प्रमुख देवराज तिवारीको अध्यक्षतामा तथा सहायक क्याम्पस प्रमुख रामपण्डित खनालको प्रमुख आतिथ्यमा कार्यक्रम भएको थियो। कार्यक्रममा विभागीय सदस्य सरिता भट्टराईले स्वागत मन्तव्य दिएकी थिइन् भने सञ्चालन दीपक गौतमले गरेका थिए।

प्रतियोगिताका निर्णायकमध्येकी निरा शर्माले कार्यक्रमको प्रारम्भमा प्रतियोगिताका नियम र मूल्यांकन प्रक्रिया प्रस्तुत गरेकी थिइन्। सर्जक सञ्जाल मकवानपुरका संयोजक तथा निर्णायक निमेष निखिलले भानुभक्त आचार्यको योगदानबारे विचार राख्दै नतिजा घोषणा गरेका थिए।

कार्यक्रममा साहित्यकार तथा पूर्वशिक्षक श्यामकुमार बानियाँ, मकवानपुर बाल विद्या सदनका प्रिन्सिपल सुदीपराज गिरीलगायत साहित्यप्रेमीहरूको उपस्थिति रहेको थियो। कार्यक्रममा डा. नवीन नेपालले भानुभक्तको व्यक्तित्व र कृतित्वमाथि प्रकाश पारेका थिए।

Advertisement 5

Leave a Reply

Your email address will not be published. Required fields are marked *