हेटौंडा, हेटौंडा–६ मा रहेको बाल जागृति युवा वर्ष माध्यमिक विद्यालयले विजेता विद्यार्थीलाई पुरस्कार वितरण गर्दै सोमबार साताव्यापी खेलकुद कार्यक्रम समापन गरेको छ ।
हेटौंडा उपमहानगरपालिकाको शैक्षिक पात्रोअनुसार २०८० साल मंगसिर ४ देखि ८ गतेसम्म आयोजित कार्यक्रम समापन गरिएको हो । जसमा छात्रछात्राबीच दौड प्रतियोगिता, टेबलटेनिस सट्पुट, म्युजिकल चेयर प्रतियोगिता भएको थियो । प्रतियोगितामा सहभागी उत्कृष्ट तथा विजेता विद्यार्थीलाई स्टेसनरी सामग्री वितरण गर्दै साताव्यापी कार्यक्रम समापन गरिएको छ ।
चाडपर्वको लामो बिदापछि विद्यालय आएका बालबालिकाहरुलाई पहिलोपटक खेलकुद कार्यक्रम आयोजना गरिएको हो । उक्त कार्यक्रम आयोजना गरी पठान सुरु गर्दा विद्यार्थीलाई थप हौसला मिल्ने विद्यालयकी प्रधानाध्यापक सम्झना अधिकारी जानकारी दिइन् ।







