हेटौंडामा बाल अधिकार तथा संरक्षणसम्बन्धी जिल्ला स्तरीय कार्यक्रम सम्पन्न

हेटौँडा, हेटौंडामा बाल अधिकार तथा बाल संरक्षणसम्बन्धी जिल्ला स्तरीय कार्यक्रम बिहीबार सम्पन्न भएको छ। उक्त कार्यक्रम जिल्ला समन्वय समिति र बाल हेल्पलाइन सिविनको संयुक्त आयोजनामा सम्पन्न भएको हो।

ADVERTISEMENT

जिल्ला समन्वय समिति प्रमुख ललित घलानको सभाध्यक्षता तथा बागमती प्रदेशका सामाजिक विकास मन्त्री कञ्चन वादेको प्रमुख आतिथ्यतामा कार्यक्रम आयोजना गरिएको थियो।

कार्यक्रममा बोल्दै मन्त्री वादेले बालबालिकाको अधिकारप्रति सरकार संवेदनशील रहेको उल्लेख गर्दै सम्बन्धित निकायबीच प्रभावकारी समन्वय गरी आगामी दिनमा थप सुदृढ रूपमा अघि बढ्ने प्रतिबद्धता व्यक्त गरे। उनले बाल संरक्षणसम्बन्धी नीतिहरूको प्रभावकारी कार्यान्वयनमा जोड दिए।

जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रमुख ९एसपी० श्याम बहादुर खत्रीले पछिल्लो समय लागुऔषध दुव्र्यसन, जबरजस्ती करणी तथा हाडनाता करणीका घटनामा वृद्धि भइरहेको बताएका छन्। उनका अनुसार सामाजिक सञ्जालको दुरुपयोग र अभिभावकको लापरवाहीका कारण सानो उमेरमै बालबालिकाको हातमा मोबाइल पुग्नु मुख्य चुनौती बनेको छ। साथै, १८ वर्षमाथिका किशोरलाई सुधार गृहमा राखिने व्यवस्था भए पनि १८ वर्षमुनिका बालबालिका हिंसामा पर्ने क्रम अझै जारी रहेको उनले बताए।

कार्यक्रममा जिल्लाका ९ वटा स्थानीय तहका प्रतिनिधिहरूले आ–आफ्ना पालिकामा बाल अधिकार तथा संरक्षणका क्षेत्रमा भइरहेका गतिविधिबारे प्रस्तुतीकरण गरेका थिए।

Advertisement 5

हेटौंडा उपमहानगरपालिका महिला, बालबालिका तथा समावेशीकरण शाखा प्रमुख विष्णु कुमारी लामिछानेले ‘बाल अधिकार प्रवर्द्धनमा स्थानीय तहको भूमिका र दायित्व’ विषयमा प्रस्तुतीकरण दिइन्। श्रम तथा रोजगार कार्यालयका प्रमुख नारायण साहले बालश्रमका प्रकार र यसको नियन्त्रणका प्रयासबारे जानकारी गराए।

त्यस्तै, साप्लानीरका सिनियर कार्यक्रम अधिकृत सृजना श्रेष्ठले संस्थाद्वारा सञ्चालन भइरहेका कार्यक्रमहरूबारे जानकारी दिइन्।

सिविनका प्रबन्धक झविन्द्र ज्ञवालीले सञ्चालन गरेको कार्यक्रममा जिल्ला समन्वय समिति उपप्रमुख सानुकाजी लुइँटेल, बागमती प्रदेश मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका उपसचिव विनोद अमात्य, जिल्ला समन्वय अधिकारी विष्णु पौडेल, विभिन्न पालिकाका उपप्रमुखहरू, सामाजिक विकास समिति संयोजकहरू, इन्सेक बागमती प्रदेश संयोजक शिव खकुरेल, गैरसरकारी संस्था अध्यक्ष रमिला सापकोटा, माइती नेपालकी संयोजक माया लामा, हिमराइट्सकी संयोजक कुमारी वाइबा, शिक्षक तथा मानवअधिकारकर्मीहरूको उपस्थिति रहेको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *