हेटौँडामा टिपरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

हेटौँडा, मकवानपुरको हेटौँडामा सवारी दुर्घटनामा परेर एक जनाको मृत्यु भएको छ। पूर्व–पश्चिम राजमार्ग अन्तर्गत हेटौँडा उपमहानगरपालिका–१९ सान्नानटार क्षेत्रमा टिपरले मोटरसाइकललाई ठक्कर दिँदा उक्त दुर्घटना भएको हो।

ADVERTISEMENT

जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार आज दिउँसो करिब ३स्२० बजे मनहरीबाट हेटौँडातर्फ आउँदै गरेको लु।३४ प ४६७५ नम्बरको मोटरसाइकललाई सोही दिशाबाट आइरहेको बा.प्र।०३–००१ ख ११७९ नम्बरको टिपरले ठक्कर दिएको थियो।
दुर्घटनामा गम्भीर घाइते भएका मोटरसाइकल चालकको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ। मृतकको परिचय खुल्न बाँकी रहेको र घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जानकारी दिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *