बागमतीका मुख्यमन्त्रीले लिए शपथ

हेटौंडा, बागमती प्रदेशका नवनियुक्त मुख्यमन्त्री माओवादी केन्द्र संसदीय दलका नेता शालिकराम जम्मकट्टेलले मंगलबार पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् ।
उनलाई प्रदेश प्रमुख यादवचन्द्र शर्माले शपथ गराका हुन् । यसैगरी एमाले दल नेता जगन्नाथ थपलियाले आर्थिक मामिला तथा योजना मन्त्री र राप्रपाबाट उद्धव थापाले विनाविभागीय मन्त्रीको रुपमा शपथ गरे ।

जम्मकट्टेलले सोमबार सरकार गठनका लागि दावी पेश गरेका थिए । उनले प्रदेश प्रमुखले दिएको समय सीमा सकिन्नुभन्दा दुई घण्टा अगाडि ७० जना सांसदको हस्ताक्षरसहित दावी पेश गरेका थिए।

जम्मकट्टेललाई माओवादी केन्द्रका २१, एमाले २७, राप्रपा १३, नेकपा एस ७ हाम्रो नेपाली पार्टीका २ जना सांसदको साथ रहेको छ ।

मुख्यमन्त्री जम्मकट्टेलले पदभार ग्रहण गरे लगत्तै २ वटा निर्णय गरेका छन् । उनले प्रदेशको सुशासनका लागि मन्त्रालयको सङ्ख्या घटाउने निर्णय गरेका छन् ।

मुख्यमन्त्री जम्मकट्टेलले मन्त्रालयको सङ्ख्या घटाउन प्रदेशका मुख्य सचिव मुकुन्द प्रसाद न्यौपानेको संयोजकत्वमा प्रतिवेदन तयार पार्न समिति गठन गर्ने निर्णय गरेका छन् । उक्त समितिले आगामी १५ दिन भित्रमा प्रतिवेदन तयार पारी पेस गर्नु पर्ने छ ।

त्यस्तै मुख्यमन्त्री जम्मजट्टेलले पुस मसान्त भित्र सङ्घीय सरकार समक्ष विशेष र समपूरक तर्फको अनुदानका योजनाहरू तयार पारी पठाउने निर्णय गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर

Back to top button