प्रतिनिधिसभा निर्वाचन: मकवानपुरमा दुई अस्थायी मतदानस्थल, १९ स्थल अतिसंवेदनशील सूचीमा

हेटौँडा, फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि मकवानपुर जिल्लामा दुई वटा अस्थायी मतदानस्थल स्थापना गरिएको छ। प्रदेश निर्वाचन कार्यालय हेटौंडाका प्रमुख हरीप्रसाद ढकालका अनुसार एक मतदानस्थल भीमफेदी कारागारमा र अर्को जिल्ला प्रशासन कार्यालय मकवानपुरमा रहनेछ।

ADVERTISEMENT

यी अस्थायी मतदानस्थलका लागि कुल ३ हजार ३०७ मतदाता तोकिएका छन्। भीमफेदी कारागारमा हाल महिला र पुरुष गरी ९ सय ९५ जना कैदीबन्दी रहेका छन्। तर मतदाता नामावलीमा भने ७५ जनाको मात्र नाम समावेश भएको छ, जसमा ३ जना महिला र ७२ जना पुरुष रहेका छन्। अन्य कैदीबन्दीहरूको मतदाता सूचीमा नाम नभएको कारागार स्रोतले जनाएको छ। निर्वाचन कार्यालयले मतदाता नामावली संकलनका लागि आवश्यक समन्वय नगर्दा धेरै कैदीबन्दी सूचीमा समावेश हुन नसकेको ती स्रोतको भनाइ छ।

अस्थायी मतदानस्थलमा रहेका मतदाताले समानुपातिकतर्फ मात्र मतदान गर्न पाउने व्यवस्था गरिएको निर्वाचन कार्यालयले जनाएको छ।

ADVERTISEMENT

यसैबीच, अस्थायी केन्द्रबाहेक मकवानपुरमा कुल १६७ वटा नियमित मतदानस्थल कायम गरिएको छ। तीमध्ये १९ वटा मतदानस्थललाई सुरक्षाका दृष्टिले अतिसंवेदनशील सूचीमा राखिएको छ। जिल्ला सुरक्षा समितिको बैठकले सुरक्षा संवेदनशीलताको मूल्याङ्कनका आधारमा जिल्लाका १० स्थानीय तहमध्ये ६ स्थानीय तहअन्तर्गतका मतदानस्थललाई अतिसंवेदनशीलको सूचीमा समावेश गरेको हो। निर्वाचनलाई सुरक्षित, व्यवस्थित र भयरहित वातावरणमा सम्पन्न गर्न आवश्यक सुरक्षा प्रबन्ध मिलाइएको जनाइएको छ।

ADVERTISEMENT

ADVERTISEMENT

विज्ञापन
Advertisement 1
विज्ञापन
Advertisement 2
विज्ञापन
Advertisement 3

Advertisement 4

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सत्मार्ग अनलाइन डिजिटल पत्रिका

तपाईँको सूचना र विचारको भरोसायोग्य डिजिटल स्रोत। राष्ट्रिय, अन्तर्राष्ट्रिय, प्रविधि, मनोरञ्जन, शिक्षा, खेलकुद लगायतका विषयमा सत्य, तथ्य र निष्पक्ष समाचार तपाईँमाझ पुर्‍याउने हाम्रो प्रयास।

हाम्रो बारेमा

सत्मार्ग मिडिया प्रा.लि. द्वारा सञ्चालित सत्मार्ग अनलाइन

कम्पनी दर्ता: २९५१७४/०७९/८०
सञ्चार रजिष्ट्रार: ००१३९/०७९/०८०
विभाग दर्ता: ३६७२–२०७९/८०

फेसबुकमा जोडिनुहोस्

© 2026 Satmargaonline.com — All Rights Reserved
Designed by Jivan Acharya