सुनगाभाको २० औँ साधारणसभा

हेटौंडा/हेटौडा–६, चौघडामा रहेको सुनगाभा बहुउद्धेश्यीय सहकारी संस्था तथा सुनगाभा शिक्षा निकेतन ईङलिश स्कूलको २० औं वार्षिक साधारणसभा आईतवार सम्पन्न भएको छ । प्यावसन मकवानपुरका अध्यक्ष विनोद सुवेदीको प्रमुख आतिथ्यता एवम सहकारीका अध्यक्ष रामहरि न्यौपानेको सभाध्यक्षतामा साधारणसभा भएको हो ।

ADVERTISEMENT

साधारणसभामा संस्थाका अध्यक्ष न्यौपानेले संस्थागत प्रतिवेदन, कोषाध्यक्ष रामहरि चौलागाईले आव. ०७९/०८० को लागि २ करोड २४ लाखको आर्थिक प्रतिेवेदन र लेखा समिति संयोजक कुमारमणी दहालले लेखा समितिको प्रतिवेदन पेश गरेका थिए ।
साधारणसभामा हेटौडा–६ का वडा अध्यक्ष विष्णु बहादुर दाहाल, निवर्तमान वडा अध्यक्ष अर्जुनप्रसाद चौलागाई, विद्यालयका संस्थापक अध्यक्ष बासुदेव अधिकारी,राष्ट्रिय सहकारी बैंक हेटौडा शाखा प्रमुख रामेश्वर अर्याल, बंशगोपाल माविका प्रअ रमेशप्रसाद लामिछाने,संस्थाका उपाध्यक्ष साधुराम चौलागाई, शिक्षाविद बद्री बहादुर पाठक, संस्थाका सचिव नारायणप्रसाद अधिकारी, सञ्चालक सदस्य हिमाल पौडेल, सञ्चाकर्मी भीमसेन पौडेल लगायतको उपस्थिति रहेको थियो ।

कक्षा १० सम्म पढाई हुने यस विद्याालमा करीव ७ सय विद्यार्थीहरु अध्ययनरत रहेको प्रिन्सिपल अरुण पराजुलीले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सत्मार्ग अनलाइन डिजिटल पत्रिका

तपाईँको सूचना र विचारको भरोसायोग्य डिजिटल स्रोत। राष्ट्रिय, अन्तर्राष्ट्रिय, प्रविधि, मनोरञ्जन, शिक्षा, खेलकुद लगायतका विषयमा सत्य, तथ्य र निष्पक्ष समाचार तपाईँमाझ पुर्‍याउने हाम्रो प्रयास।

हाम्रो बारेमा

सत्मार्ग मिडिया प्रा.लि. द्वारा सञ्चालित सत्मार्ग अनलाइन

कम्पनी दर्ता: २९५१७४/०७९/८०
सञ्चार रजिष्ट्रार: ००१३९/०७९/०८०
विभाग दर्ता: ३६७२–२०७९/८०

फेसबुकमा जोडिनुहोस्

© 2026 Satmargaonline.com — All Rights Reserved
Designed by Jivan Acharya