प्रदेश जुडो संघको अध्यक्षमा मकवानपुरका मदन

हेटौंडा १७ चैत्र/बागमती प्रदेश जुडो संघको अध्यक्षमा मकवानपुरका मदन कृष्ण उप्रेती सर्वसम्मत चयन भएका छन् । शनिबार हेटौंडामा भएको बागमती प्रदेश जुडो संघको प्रथम साधारणसभाले उप्रेततीको अध्यक्षतामा ११ सदस्यीय प्रदेश समिति चयन गरेको छ ।

ADVERTISEMENT

समितिको उपाध्यक्षमा नुवाकोटकी राधिका देबी पौडेल, रामेछापका लाल बहादुर थापा मगर चयन भएका छन् । त्यस्तै सचिबमा काठमाडौंका राजीब प्रधान, कोषाध्यक्षमा काभ्रेकी दिवा कठायत चयन भएकाछन् । समितिको सदस्यहरुमा धादिङका स्वागत सिलवाल, ललितपुरकी पुजा रेग्मी महत, भक्तपुरका राजाराम वासी, रसुवाका राजकुमार ढुङेल, काठमाडौंकी आकृति जोशी, काभ्रेका शौरभ राज कठायत रहेकाछन् ।

बागमती प्रदेश खेलकुद विकास परिषद्का सदस्य सचिब सुर्यलाल भण्डारीको प्रमुख आतिथ्यतामा भएको सम्मेलनमा केन्द्रीय जुडो संघका प्रतिनिधि प्रकाश चन्द्र पाण्डेको आतिथ्यता रहेको थियो । मकवानपुर जुडो संघका अध्यक्ष सबिन मुक्तानको अध्यक्षतामा भएको साधारणसभामा बागमति प्रदेशका जिल्लाहरुबाट प्रतिनिधि र पर्यवेक्षकहरुको उपस्थिति रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सत्मार्ग अनलाइन डिजिटल पत्रिका

तपाईँको सूचना र विचारको भरोसायोग्य डिजिटल स्रोत। राष्ट्रिय, अन्तर्राष्ट्रिय, प्रविधि, मनोरञ्जन, शिक्षा, खेलकुद लगायतका विषयमा सत्य, तथ्य र निष्पक्ष समाचार तपाईँमाझ पुर्‍याउने हाम्रो प्रयास।

हाम्रो बारेमा

सत्मार्ग मिडिया प्रा.लि. द्वारा सञ्चालित सत्मार्ग अनलाइन

कम्पनी दर्ता: २९५१७४/०७९/८०
सञ्चार रजिष्ट्रार: ००१३९/०७९/०८०
विभाग दर्ता: ३६७२–२०७९/८०

फेसबुकमा जोडिनुहोस्

© 2026 Satmargaonline.com — All Rights Reserved
Designed by Jivan Acharya