प्रधानमन्त्री कप क्रिकेट प्रतियोगितामा मकवानपुर भक्तपुरसँग पराजित

हेटौँडा, प्रधानमन्त्री कप बाग्मती प्रदेश पुरुष प्रतियोगितामा मकवानपुर ४१ रनले पराजित भएको छ । भक्तपुर जिल्लाका रिङजिङ लामाले ७८ रन बनाएसँगै ४८ ओभरमा अल आउट हुँदै सम्मानजनक २४५ रन बनाउन सफल भयो ।

ADVERTISEMENT

मकवानपुरका लागि रिजन ढकालले ३ विकेट, सागर गजुरेल र विशाल फुयाँलले समान २ विकेट हात पार्न सफल भए । जवाफी २४६ रनको लक्ष्य पाएको मकवानपुरले सबै विकेटको नोक्सानीमा ४३ ओभरमा २०४ रनमा सिमित बन्यो । मकवानपुरका लागि विशाल फुयाँलले ५३ रन, कप्तान सुमन सुनारले ३१ रन, शुभ कंसाकारले २९ रन बाहेक अरु खेलाडीले खासै रन बटुल्न सकेनन् ।

भक्तपुरका कृस कार्कीले ३ विकेट, सुबास खत्री र अभिनास बस्यालले समान २ विकेट हात पार्न सफल भए । प्रतियोगितामा भक्तपुरका शिवम तिवारी म्यान अफ द म्याच घोषित भए । तिवारीले ६१ रन बनाउनुका साथै १ विकेट हात पार्न सफल भएका थिए । खेलमा पराजित भएसँगै मकवानपुर अंक तालिकाको पाचौ स्थानमा छ भने भक्तपुर एक स्थान माथि रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *