मंगलेश्वरले जित्यो जिल्लास्तरीय पुरुष भलिबलको उपाधि

हेटौँडा, मकवानपुर जिल्ला खेलकुद विकास समितिको आयोजनामा जारी दोस्रो वृहत्,खेलकुद कृषि तथा पर्यटन महोत्सवमा भएको मकवानपुर जिल्लास्तरीय भलिबल प्रतियोगिताको उपाधि थाहा नगरपालिका वडा नम्बर–२ स्थित मंगलेश्वर युवा क्लबले जितेको छ । मंगलबार महोत्सवको स्थलमा सम्पन्न भएको फाइनल खेलमा हेटौंडा–११,स्थित छहारी युवा समाजलाई ३–० को सोझो सेटले हराउँदै मंगलेश्वर युवा क्लबले उपाधि जितेको हो ।

ADVERTISEMENT

छहारी युवा समाजलाई मंगलेश्वरले २७–२५, २५–२० र २५–१६ को सेटले पराजित गरेको हो । उपाधि जितेसँगै मंगलेश्वर युवा क्लबको टिमले एक लाख रुपैयाँसहित शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गरेको भने उपविजेता छहारी युवा समाजको टिमले ५० हजार रुपैयाँ र शिल्ड, मेडलमा चित्त बुझाउनुपरेको छ । सेमीफाइनलमा बिहान पराजित दुई टिम प्रतिभा साँस्कृति युवा क्लब बज्रबाराही र मनहरीको टिमले १५र१५ हजार रुपैयाँसहित मेडल प्राप्त गरेका छन् । मकवानपुर जिल्ला भलिबल संघको व्यवस्थापनमा भएको प्रतियोगितामा ८ वटा टिमहरुको सहभागिता रहेको थियो ।

प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी घोषित भएका मंगलेश्वर युवा क्लबका खेलाडी कुशल लामाले ५ हजार रुपैयाँको नगद पुरस्कार प्राप्त गरेका छन् । उत्कृष्ट डिफेन्डर घोषित भएका मङ्गलेश्वर क्लबका विवेक कार्की, उत्कृष्ट स्पाइकर छहारी युवा समाजका पुजन गुरुङ, उत्कृष्ट सेटर मङ्गलेश्वर युवा क्लबका उत्सव आले मगर, उत्कृष्ट ब्लकर प्रवेश कार्की, उत्कृष्ट प्रशिक्षक छहारी युवा समाजका योगबहादुर लामा र उद्यान खेलाडी मनहरीका जोशन गौतमलाई २र२ हजार रुपैयाँको नगद पुरस्कार प्रदान गरिएको छ ।

मंगलबार भएको पहिलो सेमीफाइनल खेलमा मंगलेश्वर युवा क्लबले थाहा वडा नम्बर–६,स्थित नव प्रतिभा साँस्कृतिक युवा क्लबलाई २५–१९, २५–१८ र २५–१४ को सोझो सेटले पराजित गर्दै फाइनलमा प्रवेश गरेको थियो भने मंगलबार भएकै दोस्रो सेमीफाइनल खेलमा हेटौंडाको छहारी युवा सेवा समाजले मनहरी गाउँपालिकालाई २८–२६,२५–२३ र २५–१६ को साझो सेटले पराजित गर्दै फाइनलमा प्रवेश गरेको थियो

Advertisement 5

Leave a Reply

Your email address will not be published. Required fields are marked *