४४ औँ बिपी स्मृति दिवस हेटौँडामा मनाइयो

हेटौँडा, बिपी बिचार समाज मकवानपुरको आयोजनामा बुधबार हेटौँडामा ४४ औँ बिपी स्मृति दिवस मनाइएको छ । हेटौँडा उपमहानगरपालिका ११ स्थित बिपी बाटिका परिसरमा सरसफाइ, बिपीको प्रतिमामा माल्यार्पण र बिपीको विचारमाथि छलफल गर्दै स्मृति दिवस मनाइएको हो ।

ADVERTISEMENT

समाजका कार्यवाहक अध्यक्ष हरिप्रसाद पौडेलको अध्यक्षता तथा नेपाली काँग्रेसका केन्द्रीय सदस्य उमा दाहाल विशेष आतिथ्यतामा भएको कार्यक्रममा कांग्रेस हेटौँडा उपमहानगर समितिका सभापति उत्सव इटेनी, हेटौँडा उपमहानगरपालिका वडा नम्बर ११ का वडाध्यक्ष जुना दाहाल, कांग्रेस हेटौँडा ११ एकाई समिति सभापति दीपक उप्रेती, वडा नं. ६ का सभापति रामहरि तिमल्सिना, साहित्यकार ह्यग्रीव आचार्य, कांग्रेसका क्षेत्रीय सह सहसचिव केदार ढोडारी, राष्टिङ्य लोकतान्त्रिक अपाङ्ग महासङ्घका केन्द्रीय सदस्य रामेश्वर पराजुली, नेपाल शिक्षक सङ्घकी प्रदेश सदस्य स्वेता कोइराला, समाजका सल्लाहकार नारायण लम्साल, माधव आचार्यलगायतको उपस्थिति रहेको थियो ।

कार्यक्रममा बिपीको राजनीतिक एवं साहित्यक विचारका बारेमा वक्ताहरुले धारणा राख्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सत्मार्ग अनलाइन डिजिटल पत्रिका

तपाईँको सूचना र विचारको भरोसायोग्य डिजिटल स्रोत। राष्ट्रिय, अन्तर्राष्ट्रिय, प्रविधि, मनोरञ्जन, शिक्षा, खेलकुद लगायतका विषयमा सत्य, तथ्य र निष्पक्ष समाचार तपाईँमाझ पुर्‍याउने हाम्रो प्रयास।

हाम्रो बारेमा

सत्मार्ग मिडिया प्रा.लि. द्वारा सञ्चालित सत्मार्ग अनलाइन

कम्पनी दर्ता: २९५१७४/०७९/८०
सञ्चार रजिष्ट्रार: ००१३९/०७९/०८०
विभाग दर्ता: ३६७२–२०७९/८०

फेसबुकमा जोडिनुहोस्

© 2026 Satmargaonline.com — All Rights Reserved
Designed by Jivan Acharya