हेटौंडा, हेटौँडा अटोमोबाइल एसोसिएसनले शुभ दीपावली, नेपाल सम्वत्, छठ पर्व तथा ल्होसारको पावन अवसरमा शनिबार हेटौंडामा शुभकामना आदानप्रदान कार्यक्रम आयोजना गरिएको छ । संस्थाका अध्यक्ष ऋषि ढकालको अध्यक्षतामा भएको कार्यक्रममा मकवानपुर उद्योग वाणिज्य संघका अध्यक्ष कृष्णकुमार अग्रवालको प्रमुख अतिथि रहेका थिए ।
कार्यक्रममा संस्थाका अध्यक्ष ढकालले संस्थाको वार्षिक क्यालेण्डर अनुरुप शुभकामना आदानप्रदान कार्यक्रम आयोजना गरेको बताए । पछिल्लो समय व्यापार व्यवसायमा आर्थिक मन्दी छाएकोले गर्दा व्यवसायी टिक्ने खालको भूमिका निर्वाह गर्न उनले मकवानपुर उद्योग वाणिज्य संघका अध्यक्ष अग्रवालसँग आग्रह गरे । शनिबार नै चाडपर्वलाई लक्षित गरी पहिलो पटक अटोमोबाइल्स फुटबल प्रतियोगिता पनि आयोजना गरिएको उनले बताए ।
संस्थाले व्यक्तिगत विकास तथा नेतृत्व विकासको लागि विविध कार्यक्रम सञ्चालन गरिरहेको उनको भनाइ रहेको थियो । कार्यक्रममा मकवानपुर उद्योग वाणिज्य संघका उपाध्यक्ष प्रमोद सिं रानाभाट, आमा घरका संरक्षक विजयराज सिग्देल, संस्थाका सल्लाहकार गोपिराम बन्जरा, पूर्व अध्यक्ष नारायणप्रसाद कडेंँल, ग्रिन्डलिज बचत तथा ऋण सहकारी संस्थाका कोषाध्यक्ष महेन्द्र इटेनीलगायतको आतिथ्यता रहेको थियो ।







