दुहुनो भैँसी अनुदानमा दिने

हेटौंडा, मकवानपुर थाहा नगरपालिकाले भैसी पकेट क्षेत्र विस्तारको लागि दुहुनो भैसीमा अनुदान दिने भएको छ । पालिकाको पशु विकास शाखाले सूचना प्रकाशित गरी आर्थिक वर्ष २०७९/०८० का लागि अनुदान लिन चाहने कृषकहरुबाट निवेदन दिन आग्रह गरेको छ ।

ADVERTISEMENT

वार्षिक स्वीकृत कार्यक्रम अनुसार दुहुनो भैँसी पकेट विस्तार कार्यक्रमका लागि कृषक समूह तथा कृषि सहकारी मार्फत दुहुनो भैँसी पकेट कार्यक्रम सञ्चालन भइरहेको क्षेत्रमा दुध तथा दुग्ध पदार्थबाट बन्ने परिकारहरुको उत्पादन बृद्धि तथा चिलिङ भ्याट सञ्चालन गर्नको लागी थप २० वटा दुहुनो भैँसी खरिदमा अनुदान दिने जनाएको छ । शाखाले १५ दिने निवेदन दिने म्याद राखेर १ पुसमा सूचना प्रकाशन गरेको हो ।

निवेदन दिदा किसानहरुले कार्यक्रम सञ्चालन भएको ठाँउको कृषक समूह तथा कृषि सहकारीको भैँसी पालन सम्बन्धी बैठकको निर्णय प्रतिलिपी, वडा कार्यालयको सिफारिस, कृषक समूह तथा कृषि सहकारीको दर्ता प्रमाण पत्र प्रतिलिपी तथा नविकरण, स्थायी लेखा नम्बर तथा कर चुक्ता प्रतिलिपी पेश गर्नुपर्नेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *