मकवानपुरका व्यवसायी आन्दोलित

हेटौंडा/मकवानपुरका उद्योगी तथा व्यवसायीहरु बैंकको चर्को व्याजदरको विरुद्ध आन्दोलित भएका छन् । व्यवसायीहरुले आइतबार मकवानपुर उद्योग वाणिज्य संघको सभाहलमा पत्रकार सम्मेलन गर्दै बैंकहरुको चर्को व्याजदर विरुद आन्दोलनका कार्यक्रमहरु सार्वजनिक गरेका हुन् ।

ADVERTISEMENT

पत्रकार सम्मेलन मार्फत् व्यवसायीहरुको बैंकका चर्को व्याजदर र बैंकले दिएको दबावको विरुद्ध आन्दोलनका कार्यक्रमहरु सार्वजानिक गरेको व्यवसायीहरुको नेतृत्व गरिरहेका मकवानपुर उद्योग वाणिज्य संघका अध्यक्ष कृष्णकुमार गुप्ता अग्रवालले जानकारी दिए । बैंकको व्याजदर नियन्त्रण गरी एकल अकंको हुनुपर्ने, अर्थतन्त्र सामान्य अवस्थामा नपुगुन्जेल चालू पुँजी कर्जा सम्बन्धी मार्गदर्शन, २०७९ कार्यान्वयन नगर्ने, पूजीँगत खर्च बढाई बजारमा तरलता प्रवाह गर्नुपर्ने जस्ता मागहरु उद्योगी व्यवसायीको रहेको उनले बताए ।

उक्त मागहरुको सम्बोधनका लागि पुस १८ गते सोमबारबाट उद्योगी व्यवसायीको हक हितका लागि गठन भएका जिल्लाका पाँचवटै संघमा आवद्ध व्यवसायीहरुले व्यानर राखी विरोध गर्ने कार्यक्रम तय गरेका छन् । त्यस्तै १९ गते मंगलबार आम व्यवसायीहरुले कालो पट्टी बाँधेर विरोध जनाउने र २० गते मागहरु सम्बोधन नभएको खण्डमा सशक्त आन्दोलनको तयारी गर्ने जस्ता कार्यक्रम रहेको छ । विरोध कार्यक्रमलाई उद्योग संघ मकवानपुर, नारायणी यातायात व्यवसायी संघ, निर्माण व्यवसायी संघ मकवानपुर, होटल एशोसिएसन मकवानपुरले ऐक्यवद्दता जनाएको छ ।

पत्रकार सम्मेलनमा उद्योग संघका अध्यक्ष स्वागतराज प्याकुरेल, नारायणी यातायातका अध्यक्ष हिरालाल श्रेष्ठ, होटल एशोसिएसनका अध्यक्ष दिलिश गोविन्द जोशी, वस्तुगत संघ समन्वय समितिका संयोजक राजु अधिकारी लगायतको उपस्थिती रहेको थियो । व्यवसायीहरुले पत्रकार सम्मेलन पश्चात मागहरु उल्लेख गर्दै प्रमुख जिल्ला अधिकारी मार्फत अर्थमन्त्री तथा गर्भनरलाई ज्ञापन पत्र बुझाएका छन् । व्यवसायीहले विभिन्न माग सहितका नारा लगाउँदै हेटौंडाको बुद्धचोक, स्कुलरोड हुदैं पारिजातपथ, हरिकुञ्जरोडबाट मानसचोक हुदैं जिल्ला प्रशासन कार्यालय मकवानपुर पुगेर प्रमुख जिल्ला अधिकारी राजेन्द्रदेव पाण्डेलाई ज्ञापन पत्र बुझाइएको थियो ।

Advertisement 5

Leave a Reply

Your email address will not be published. Required fields are marked *