हेटौँडा, नेपाल क्षयरोग निवारण संस्था जिल्ला शाखा मकवानपुरको सभापतिमा सजनलाल प्रधान पदस्थापित भएका छन् । मंगलबार सम्पन्न संस्थाको प्रथम पदस्थापन कार्यक्रमबाट प्रधान सभापतिमा पदस्थापित भएका हुन् । २०८२ पुष १५ गते सम्पन्न संस्थाको प्रथम भेलाबाट प्रधानको अध्यक्षतामा १३ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन भएको थियो ।
नेपाल क्षयरोग निवारण संस्था मकवानपुर शाखाको उपसभापतिमा विश्व नारायण श्रेष्ठ, सचिवमा गंगाप्रसाद पौडेल, कोेषाध्यक्षमा सर्मिला श्रेष्ठ र सहसचिवमा विकास बज्राचार्य पदस्थापित भएका हुन् । त्यसैगरी सदस्यहरुमा लक्ष्मी श्रेष्ठ, सरोज चौलागाई, प्रमिला खतिवडा, सुष्मा मैनाली, निगेन्द्रलाल श्रेष्ठ, विनोद पण्डित, डा. सगर मैनाली र विन्ती कुमारी श्रेष्ठ रहेका छन् । नेपाल क्षयरोग निवारण संस्थाको केन्द्रीय अध्यक्ष देवेन्द्र बहादुर प्रधानको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको हो ।
कार्यक्रममा प्रमुख अतिथि प्रधानले क्षयरोग विरुद्धको सचेतना जगाउने उदेश्यले संस्था दर्ता भएको र यसको मुख्य अभियानमा सहयोग गर्नका लागि जिल्लाहरुमा शाखा गठन भएको बताए । क्षयरोगको विषयमा जानकारी नहुँदा आम जनताले पाएको पिडालाई कम गर्नका लागि संस्थाले काम गर्नुपर्ने उनले बताए । स्थानीय सरकारसंग समन्वय गर्दै ग्रामिण भेगमा रहेका जनतालाई क्षयरोगबारे जनचेतना जगाउने अभियान सञ्चालन गर्न उनले शाखालाई अनुरोध समेत गरे ।
कार्यक्रममा जिल्ला जनस्वास्थ्य कार्यालय मकवानपुरका मनिर आलम, नेपाल क्षयरोग निवार संस्था जिल्ला शाखा ललितपुरका सचिव शम्भु गोविन्द ताम्राकार, नेपाल औषधी व्यवसायी संघ ललितपुरका अध्यक्ष इन्द्रवीर महर्जन, संस्थको निर्वाचन अधिकृत सम्राट मान जोशी, सल्लाहकार विजेन्द्र अग्रवाललगायतको आतिथ्यता रहेको थियो । कार्यक्रममा संस्थाको निर्वाचन अधिकृत सम्राटमान जोशीले निर्वाचितहरुलाई प्रमाणपत्र वितरण गरेका थिए ।






