नेकोस कप महिला भलिबल प्रतियोगिता: न्यू डायमण्डद्वारा सशस्त्र सोझो सेटमा पराजित

हेटौँडा, नेपाल स्पोर्ट सेन्टर (नेकोस) को आयोजनामा शनिबारदेखि हेटौंडामा राष्ट्रिय नेकोस कप महिला भलिबल प्रतियोगिता सुरु भएको छ । प्रतियोगिताको उद्घाटन खेलमा टीपटीप न्यू डायमण्ड र नेपाल पुलिस क्लब विजयी भएको छ ।

ADVERTISEMENT

डायमण्डले सशस्त्र प्रहरीको (एपीएफ) र पुलिसले बागमती प्रदेशलाई सोझो सेटमा पराजित गरेको थियो । डायमण्डले सशस्त्रलाई २७–२५, २५–१५ र २५–१७ को सोझो सेटमा पराजित गरेको थियो । पुलिसले बागमतीलाई २५–१, २५–४ र २५–८ को सोझो सेटमा पराजित गरेको हो ।

हेटौंडा–४ हुप्रचौरस्थित भलिबल कोर्टमा जारी प्रतियोगिताको उद्घाटन हेटौंडा उपमहानगरपालिकाकी मेयर मीनाकुमारी लामाले गरेकी थिइन् । प्रतियोगितामा नेपाल पुलिस क्लब, नेपाल एपीएफ क्लब, न्यु डायमन्ड युथ स्पोर्ट्स क्लब, मधेश, गण्डकी र बागमती प्रदेश गरी ६ टोलीको सहभागिता रहेको छ । विजेताले ५ लाख, उपविजेताले ३ लाख, तेस्रो हुनेले एक लाख र चौथो हुने टिमले ५१ हजार रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन् ।
विधागत उत्कृष्ट हुने खेलाडीलाई जनही ५ हजार रुपैयाँ पाउनेछ । असार ११ सम्म हुने प्रतियोगिता लिग कम नकआउटको आधारमा हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *