गजल मञ्च मकवानपुरको २३४औँ ‘गजल यात्रा’

हेटौँडा, गजल मञ्च मकवानपुरको २३४औँ ‘गजल यात्रा’ शनिबार हेटौँडामा भएको छ । मञ्चका अध्यक्ष सञ्जित श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा वरिष्ठ साहित्यकार तथा गजलकार तुलसी घिमिरे प्रमुख अतिथि रहेका थिए ।

ADVERTISEMENT

कार्यक्रमअन्तर्गत नियमित गजल वाचनमा साहित्यकारहरू नवीन दर्लामी, सागर तिमल्सिना, डीबी बर्तौला, देवराज तिवारी, केशव समर्पण लगायतले मन्तव्यसहित गजल वाचन तथा गायन प्रस्तुत गरेका थिए।

गजल वाचनसँगै मञ्चका उपाध्यक्ष हरि पौड्याल ले स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो भने कार्यक्रमको सहजीकरण मञ्चका सचिव कमल नेपालले गरेका थिए ।महाकाव्यकार मुना अर्याल, मञ्चका पूर्वअध्यक्ष तथा सल्लाहकार देवराज तिवारी, निवर्तमान अध्यक्ष केशव समर्पण, साहित्य सङ्गम मकवानपुरका अध्यक्ष डीवी बर्तौला, जनसाँस्कृतिक महासंघ मकवानपुरका अध्यक्ष राजुराम राउत तथा मुक्तक मञ्च मकवानपुरका अध्यक्ष सागर तिमल्सिनालगायत विभिन्न साहित्यिक संघ–संस्थाका प्रतिनिधिहरू र जनज्योति माध्यमिक विद्यालयका विद्यार्थीहरूको उपस्थिति रहेको थियो ।

ADVERTISEMENT

Leave a Reply

Your email address will not be published. Required fields are marked *