प्रकाश श्रेष्ठलाई बागमती प्रदेशको कार्यवाहक मुख्यमन्त्रीको जिम्मेवारी

हेटौँडा, बागमती प्रदेशका कृषि तथा पशुपक्षी विकासमन्त्री प्रकाश श्रेष्ठलाई कार्यवाहक मुख्यमन्त्रीको जिम्मेवारी दिइएको छ।
मुख्यमन्त्री बहादुरसिंह लामा छोरीको दीक्षान्त समारोहमा सहभागी हुन केही दिनका लागि बेलायत प्रस्थान गर्ने भएपछि उहाँको अनुपस्थितिमा श्रेष्ठले प्रदेश सरकारको नेतृत्व गर्ने भएका हुन्।

ADVERTISEMENT

मुख्यमन्त्री लामाको सिफारिसमा प्रदेश प्रमुख दीपक प्रसाद देवकोटाले मन्त्री श्रेष्ठलाई असार २५ गतेदेखि लागू हुने गरी कार्यवाहक मुख्यमन्त्री नियुक्त गर्नुभएको हो।

बेलायत बसाइको क्रममा मुख्यमन्त्री लामा छोरीको दीक्षान्त समारोहसँगै धादिङ–नुवाकोट समाज र तामाङ समुदायद्वारा आयोजना गरिने विभिन्न औपचारिक कार्यक्रमहरूमा समेत सहभागी हुने कार्यक्रम रहेको जनाइएको छ।
मुख्यमन्त्री लामाको विदेश भ्रमण अवधिभर मन्त्री श्रेष्ठले कार्यवाहक मुख्यमन्त्रीको हैसियतमा प्रदेश सरकारको कार्यभार सम्हाल्ने छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *