बागग्मती/ नेकपा एमालेका केन्द्रीय सदस्य तथा मकवानपुर ईञ्चार्ज रामेश्वर रानाले पार्टी पंक्ति एकताबद्व भएर चुनौतिको सामना गर्नुपर्ने बताउनु भयो । नेकपा एमाले बाग्मति गाउँपालिकाको समीक्षा बैठकलाई सम्बोधन गर्दै नेकपा एमाले लाई जनताबाट अलग्याउन र पार्टीको विपक्षमा भ्रम सृजना गर्न अन्तरास्ट्रिय शक्ति नै लागेको र राष्ट्रिय स्वाभिमान, लोकतन्त्र र विकास समृद्विको पक्षमा दृढतापूर्वक उभिएको एमालेलाई कमजोर बनाउन लागेको बताउनु भयो ।
उहाँले निर्वाचन परिणाम अनुकुल हुन नसके पनि पार्टीको पक्षमा उत्साहपूर्क परिचालित सबै नेता कार्यकर्तालाई धन्यवाद भन्दै अविचलित रूपमा देश, जनता र पार्टीको पक्षमा लागि रहनु आग्रह गर्नुभयो । बैठकमा नेकपा एमाले केन्द्रीय लेखा आयोगका सदस्य नवीन सिग्देलले ईतिहासमा नै नेपालको कम्युनिष्ट र लोकतान्त्रिक आन्दोलन संकटमा परेको र परिवर्तनकारी आन्दोलनको पक्षमा निरन्तर भूमिका खेलेको एमाले र नेतृत्वमाथी प्रहार भएको बताउनु भयो ।
हामीले राष्ट्रिय स्वाभिमान, लोकतन्त्रको सृदृढीकरण र विकास समृद्विको पक्षममा उभिका छौँ, अझ दृढ भएर उभिन जरूरी छ भन्दै जनताको बीचमा हामीप्रति फैलाएर भ्रमहरूलाई चिर्न जरूरी रहेको बताउनु भयो । बैठकमा प्रदेश कमिटीका सदस्य छिरिङ्गदोर्जे पाख्रिन, जिल्ला सचिव सीता विष्टलगायतले निर्वाचनको समिक्षात्मक मन्तव्य राख्नु भएको थियो । पालिका कमिटी अध्यक्ष नरबहादुर घलानको अध्यक्षतामा भएको बैठकमा जिल्ला कमिटी उपसचिव आरती पाठक, जिल्ला सचिवालय सदस्य जयबहादुर वाईवालगायतको उपस्थिति रहेको थियो । बैठकमा पालिकाका ९ वटा वडाका प्रतिनिधिहरूले निर्वाचनको समिक्षात्मक रिपोर्ट पेश गर्नुभएको थियो ।







