‘अपरेशन ड्रप’ अभियानमा मकवानपुरमा १८ जना पक्राउ

हेटौँडा, जिल्ला प्रहरी कार्यालय मकवानपुरले विभिन्न आपराधिक गतिविधिमा संलग्न रहेको आरोपमा १८ जनालाई नियन्त्रणमा लिएको छ। प्रहरीले सञ्चालन गरेको ‘अपरेशन ड्रप’ अभियानअन्तर्गत गुण्डागर्दी, अवाञ्छित गतिविधि तथा सर्वसाधारणलाई दुःख दिने व्यक्तिहरूलाई पक्राउ गरिएको हो।

ADVERTISEMENT

जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक पुष्कर बोगटीका अनुसार हेटौंडा उपमहानगरपालिकाका विभिन्न वडाबाट उनीहरूलाई नियन्त्रणमा लिइएको हो।

पक्राउ पर्नेमा हेटौंडा–१ का २२ वर्षीय नसिव बोटेला र ३३ वर्षीय फारुक अन्सारी रहेका छन्। यस्तै, हेटौंडा–११ का ४५ वर्षीय बर्दीबहादुर तामाङ र २२ वर्षीय सुरज श्रेष्ठ पक्राउ परेका छन्।

हेटौंडा–१३ का ३० वर्षीय सुमन लोचन र २१ वर्षीय रोजेन ओझा, हेटौंडा–१२ का २९ वर्षीय कमल सिंह ब्लोन, २८ वर्षीय अजय स्वाङ्गतान, २३ वर्षीय अर्पण स्वाङ्गतान, ३२ वर्षीय सविन थिङ र ३४ वर्षीय अर्जुन ब्लोन तामाङलाई पनि प्रहरीले नियन्त्रणमा लिएको छ।

त्यसैगरी, हेटौंडा–११ का ३१ वर्षीय सुभम थिङ, २५ वर्षीय नवाज गुरुङ, २२ वर्षीय सन्तकुमार महर्जन र २७ वर्षीय दिपेश लामा पक्राउ परेका छन्।

Advertisement 5

हेटौंडा–१४ का १९ वर्षीय राहुल तामाङ, हेटौंडा–६ का २१ वर्षीय नविन गौतम तथा रौतहटको फतुवा विजयपुर नगरपालिका–१० का २८ वर्षीय रवि तिमिल्सिनालाई पनि नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार पक्राउ परेकाहरूलाई आवश्यक अनुसन्धान तथा कानुनी कारबाही प्रक्रिया अघि बढाइएको छ। प्रहरीले जिल्लामा शान्ति सुरक्षा कायम राख्न यस्ता अभियानलाई निरन्तरता दिने जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *