आठौं संस्करणको बागमती गोल्डकप बैशाखमा हुने

हेटौँडा, मकवानपुरको बागमती गाउँपालिकाको आयोजनामा आठौँ बागमती गोल्डकप राष्ट्रिय फुटबल प्रतियोगिता आगामी बैशाख १७ गतेदेखि सुरु हुने भएको छ। मङ्गलबार आयोजित पत्रकार सम्मेलनमार्फत आयोजकले प्रतियोगिताबारे जानकारी दिएको हो।

ADVERTISEMENT

मकवानपुरको पूर्वीक्षेत्रमा अवस्थित बागमती गाउँपालिका खेलकुद विकास समितिको आयोजनामा हुने प्रतियोगितामा ए डिभिजनका ६, मोफासलका ३, एक विदेशी र आयोजक गरी दश टिमको सहभागिता रहने छ । साविककोविजेता चर्च ब्वाइजसहित ए डिभिजन टोली मच्छिन्द्र, सशस्त्र प्रहरीको (एपीएफ), त्रिभुवनआर्मी क्लब, फ्रेण्डस क्लब, प्लानिङ ब्वाइज, मलेसियाको पेनाङ एफसी, सर्लाहीको बागमती युवा क्लब, सिमराको नवजनजागृति युवा क्लब र आयोजक टोलीले उपाधिका लागि प्रतिस्पर्धा गर्ने छन् ।

बागमती गाउँपालिकाको मुख्य प्रायोजनमा सहिद स्मृति रंगशाला झुरझुरेमा प्रतियोगिता सञ्चालन हुनेछ । प्रतियोगिता स्थल हेटौंडाबाट करिब ४५ किलोमिटर पूर्वमा पर्दछ । प्रतियोगितामा करिब ७८ लाख रुपैयाँ खर्च अनुमान गरिएको आयोजक बागमती गाउँपालिका खेलकुद विकास समिति अध्यक्ष रहरसिंं थिङले जानकारी दिए । उनकाअनुसार प्रतियोगिताको विजेता र उपविजेताले क्रमशः १० र ५ लाख रुपैयाँ प्राप्त गर्नेछन्।

सर्वोत्कृष्ट खेलाडीलाई नगद एक लाख रुपैयाँ र विधागतरुपमा उत्कृष्ट गोलरक्षक, डिफेन्डर, मिडफिल्डर, फरवार्ड र प्रशिक्षकलाई २५ हजार रुपैयाँको व्यवस्था गरिएको छ । प्रत्येक खेलको म्यान अफ दी म्याच खेलाडीलाई नगद १० हजार रुपैयाँ पुरस्कार प्रदान गरिनेछ।

Advertisement 5

Leave a Reply

Your email address will not be published. Required fields are marked *