हेटौँडा उपमहानगरपालिकाद्वारा कक्षा ११ र १२ का लागि छात्रवृत्ति आवेदन खुला

हेटौँडा, हेटौँडा उपमहानगरपालिकाले नगरभित्रका विद्यार्थीलाई माध्यमिक तहको शिक्षामा सहज पहुँच सुनिश्चित गर्न कक्षा ११ र १२ का लागि छात्रवृत्ति आवेदन खुला गरेको छ। उपमहानगरपालिकाको शिक्षा विकास महाशाखाका अनुसार नगरभित्र रहेका सामुदायिक तथा संस्थागत विद्यालयहरूमा माध्यमिक तह (कक्षा ११ र १२) मा अध्ययन गर्न इच्छुक तथा योग्य विद्यार्थीलाई लक्षित गरी शैक्षिक सत्र २०८३र०८४ का लागि छात्रवृत्ति परीक्षा सञ्चालन गरिने भएको हो।

ADVERTISEMENT

छात्रवृत्ति परीक्षामा सहभागी हुन इच्छुक विद्यार्थीले अनलाइन माध्यमबाट आवेदन फाराम भर्न सक्नेछन्। २०८२ सालको माध्यमिक शिक्षा परीक्षा (एसईई) मा सहभागी भई ग्रेड प्राप्त गरेका विद्यार्थीहरूले जेठ २० गतेदेखि २७ गतेसम्म अनलाइनमार्फत आवेदन दिन सक्ने व्यवस्था गरिएको शिक्षा विकास महाशाखाले जनाएको छ।

उपमहानगरपालिकाका अनुसार प्राप्त आवेदनका आधारमा छात्रवृत्ति परीक्षा सञ्चालन गरिनेछ र परीक्षामा उत्कृष्ट नतिजा हासिल गर्ने विद्यार्थीहरूलाई छात्रवृत्ति प्रदान गरिनेछ। उक्त कार्यक्रमले आर्थिक अवस्था कमजोर भएका तथा अध्ययनमा रुचि र क्षमता भएका विद्यार्थीलाई गुणस्तरीय शिक्षामा पहुँच विस्तार गर्न सहयोग पुग्ने विश्वास उपमहानगरपालिकाले लिएको छ। विद्यार्थी तथा अभिभावकलाई निर्धारित समयभित्र आवेदन प्रक्रिया पूरा गर्न समेत आग्रह गरिएको छ।

ADVERTISEMENT

ADVERTISEMENT

विज्ञापन
Advertisement 1
विज्ञापन
Advertisement 2
विज्ञापन
Advertisement 3

Advertisement 4
विज्ञापन
Advertisement 1
विज्ञापन
Advertisement 2

ADVERTISEMENT

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सत्मार्ग अनलाइन डिजिटल पत्रिका

तपाईँको सूचना र विचारको भरोसायोग्य डिजिटल स्रोत। राष्ट्रिय, अन्तर्राष्ट्रिय, प्रविधि, मनोरञ्जन, शिक्षा, खेलकुद लगायतका विषयमा सत्य, तथ्य र निष्पक्ष समाचार तपाईँमाझ पुर्‍याउने हाम्रो प्रयास।

हाम्रो बारेमा

सत्मार्ग मिडिया प्रा.लि. द्वारा सञ्चालित सत्मार्ग अनलाइन

कम्पनी दर्ता: २९५१७४/०७९/८०
सञ्चार रजिष्ट्रार: ००१३९/०७९/०८०
विभाग दर्ता: ३६७२–२०७९/८०

फेसबुकमा जोडिनुहोस्

© 2026 Satmargaonline.com — All Rights Reserved
Designed by Jivan Acharya